December 5, 2019

भ्रमण वर्षका सम्बन्धमा पक्ष र विपक्ष छैन : काँग्रेस नेता बस्नेत

visit nepal 2020काठमाडौँ । नेपाली काँग्रेसको नेता मोहनबहादुर बस्नेतले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा सरकार पक्ष र विपक्ष नभएको बताएका छन् ।

नेपाल भ्रमण वर्षका सम्बन्धमा बिहीबार पर्यटन मन्त्रालयले आयोजना गरेको छलफलमा पूर्व मन्त्रीसमेत रहेका बस्नेतले भ्रमण वर्षलाई राष्ट्रिय स्वार्थको रूपमा लिनुपर्ने उल्लेख गर्दै सबै पक्ष एकताबद्ध भएर लाग्नु पर्ने जोड दिए ।

छलफलमा नेकपाका महासचिव विष्णु पौडेलले पनि भ्रमण वर्ष २०२० नेपालको राष्ट्रिय अभियान भएकाले सबैले सघाउनु पर्ने बताए । नेपालको धार्मिक विविधता, सांस्कृतिक सम्पदाहरू अरू मुलुकको भन्दा फरक भएकोले यसलाई निरन्तरता दिनुपर्नेमा उनको जोड थियो । सगरमाथा र गौतम बुद्धको जन्मथलो नेपालमा मात्रै भएको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा छलफललाई तीव्रता दिएका छन् । छलफलका क्रममा अन्य राजनीतिक दलका प्रतिनिधिहरूले पनि पूर्ण साथ दिने प्रतिबद्धता जनाएका थिए ।

छलफलमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राजनीतिक दलहरूको विशेष सहयोग हुनु पर्नेमा जोड दिए । मन्त्री भट्टराईले सम्पूर्ण क्षेत्रमा राजनीतिक दलको महत्त्वपूर्ण भुमिक हुने बताउँदै सुशासन, सामाजिक, आर्थिक र पर्यटनको विकास सहयोग गर्नुपर्ने आग्रह गरे ।

उनले भ्रमण वर्ष २०२० मा मात्र सीमित नराखी दश वर्षसम्म अगाडि बढाउनु पर्ने बताए । दश वर्षमा होटेल, बाटो, जनशक्ति सम्पूर्ण रूपमा तयारी हुने बताउँदै मन्त्री भट्टराईले प्रत्येक वर्ष २० लाखको ठाउँमा ३५ लाख पर्यटन आउने वातावरण बनाउन पर्ने पनि उल्लेख गरे ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…