मुस्ताङमा एक भारतीय पर्यटकको मृत्यु, मनाङमा अलपत्र परेका ३३ को उद्धार
काठमाडाैं– मुस्ताङको घरपझोङ–३ मा रहेको होटल होलिडे होममा एक भारतीय पर्यटकको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारतको छत्तिसगढ राइपुरका ६१ वर्षीय सरालु नाडुको छन्। उनको हाइअल्टिच्युडका कारण मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी, मनाङको तिलिचो ताल क्षेत्रबाट ३३ जना पर्यटकको उद्धार गरिएको छ।
मनाङको ङिस्याङ ९ तिलिचो घुम्न गएका २३ जना इन्डोनेसियाली पर्यटक, उनीहरुका गाइड र पोर्टर गरी १० जना नेपाली अलपत्र परेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो। उनीहरुलाई उद्धार गरी पोखरा ल्याइको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…