जापानमा भ्रमण वर्ष अभियान तीब्र, सात सदस्यीय उपसमिति गठन
काठमाडाैं– नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन जापानमा तयारी तीब्र पारिएको छ । भ्रमण वर्ष प्रवर्द्धनका लागि जापानस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान, पत्रकार महासंघ, जापानस्थित विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी बैठकले ७ सदस्यीय सचिवालय समेत गठन गरेको छ ।
सरकारको भ्रमण वर्ष मूल आयोजक समिति र परराष्ट्र मन्त्रालयको निर्देशन बमोजिम जापान दूतावास र गैरआवासीय नेपाली संघ बीच विभिन्न चरणमा छलफल र बैठक हुँदै आएका छन् ।
यसअघि जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको संयोजकत्वमा मूलआयोजक समिति बनाइसकेको छ । समितिको दोस्रो बैठकले ७ सदस्यीय सचिवालय गठन गरेको हो ।
उपसमितिको संयोजकमा नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल र सदस्य सचिवमा एनआरएनए जापानका महासचिव जनकविक्रम शाही चयन भएका छन् ।
सदस्यहरुमा एनआरएनएका जापानका अध्यक्ष देवीलाल भण्डारी, वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, पत्रकार महासंघ जापानका अध्यक्ष तथा एनआरएनए जापानका सल्लाहार मोहन घले, कास्की पोखरा समाजका अध्यक्ष तथा एनआरएनए जापानका सल्लाहार विकास श्रेष्ठ र एनआरएनए एसिया प्यासिफिक युवा संयोजक दिपक कँडेल चयन भएका छन् ।
बैठकले भ्रमण वर्षमा निजी सवारी साधन हुनेले आफ्ना साधनमा भ्रमण वर्षको स्टीकर राख्ने, नेपाली रेष्टुरेन्ट व्यवसायीले आफ्ना स्टाफलाई भ्रमण वर्ष छापिएको टीसर्ट लगाउन लगाउने, रेष्टुरेन्टको टिभीमा भ्रमण वर्षका सामग्री प्रसारण गर्ने लगायतका निर्णय समेत गरेको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…