देशभर चिसो बढ्यो, तराईमा हुस्सु
काठमाडाैं– देशभर चिसो बढ्ने क्रम जारी छ । काठमाडौं उपत्यकामा बिहीबार बिहान साढे ६ बजे मापन गरिएको तापक्रम ५.५ डिग्री सेल्सियस छ ।
बुधबारको तुलनामा बिहीबार शून्य दशमलव ३ डिग्री तापक्रम घटेको हो । सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ४ डिग्री मापन गरिएको छ ।
तराईका जिल्लामा हुस्सु लागेको छ । बिहानपख पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा हुस्सु र कुहिरोका कारण भिजिबिलिटी पनि कम भएको छ । दिउँसो पछि हुस्सु र कुहिरो हट्दै जाने मौसम विज्ञान विभागले जनाएको छ ।
तराईका केही ठाउँहरुका बिहान ७:३० बजेको मौसमी अवस्था
केन्द्र | तापक्रम (°C) | पारदर्शिता
(Visibility)(m) |
धनगढी |
१०.५ |
३000 |
नेपालगञ्ज |
१२.० |
३000 |
भैरहवा |
१३.० |
१२00 |
सिमरा |
१५.० |
५000 |
जनकपुर |
१३.० |
५00 |
बिराटनगर |
१३.० |
६00 |
स्रोत :जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…