December 10, 2019

भ्रमण वर्षमा पर्यटकलाई २० प्रतिशत छुट दिने तयारी

Visit Nepal 2020

विवेक गुरुङ
काठमाडौं– भ्रमण वर्ष २०२० मा पर्यटकलाई होटेल, ट्राभल लगायतका क्षेत्रमा २० प्रतिशत छुट दिने तयारी भइरहेको छ ।

भ्रमण वर्षलाई सफल बनाउन सरकारी र सरोकारवाला निकाय बीचको छलफलबाट छुट दिने निणर्यमा पुग्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन महाशाखाका प्रवक्ता घनश्याम उपाध्याय बताए । होटेल संघ, ट्राभल एण्ड टुरिजम, होम स्टे र ट्रेकिङ एजेन्सीहरुका सेवामा २० प्रतिशत छुट दिने तयारी गरिएको हो ।

हिमाल अरोहरण, पदयात्रा, माउन्टेरिङ, फिल्म मेकिङ र राष्ट्रिय निकुञ्जहरुको प्रवेशमा पनि छुट दिनका लागि मन्त्रलायले अवधारणापत्र बनाइरहेको प्रवक्ता उपाध्यायको भनाई छ ।

वार्षिक २० लाख पर्यटक ल्याउने लक्ष्य भएको बताउँदै उपाध्यायले यसअनुसारका गतिविधि प्रवद्र्धन, जनशक्ति विकास, साझेदारी र जागरुकता आवश्यक रहेको बताए ।

भ्रमण वर्षको सुरुआतमै बिभिन्न ४० देशका पर्यटन मन्त्रीहरुको सम्मेलन तयारी रहेको उनले बताए । यसैगरी जनवरी ७ मा विदेशी नियोगहरुमा पर्यटन वर्षको प्रचार गर्ने कार्यतलिका बनाएको छ । पर्यटन वर्षले सरकारको समृद्ध नेपाल र सुखी नेपाली अभियानमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…