सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक कार्यक्रम गरिँदै
काठमाडौं– सुदूरपश्चिमको पर्यटन र संस्कृति प्रवर्द्धनका लागि काठमाडौंमा सांस्कृतिक कार्यक्रम गर्न लागिएको छ । सुन्दर पश्चिम नेपाल तथा विकास मञ्चले शनिबार दिउँसो २ बजे राष्ट्रिय नाँचघरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।
यो कार्यक्रम नेपाल वर्ष २०२० मा सुदूरपश्चिमलाई प्रवर्द्धन गर्ने रहेको मञ्चका अध्यक्ष एवं गायक भोजराज भट्टले जानकारी दिए । ‘सुदूरपश्चिमका पर्यटकीय क्षेत्र र त्यहाँको लोकसंस्कृतिलाई राष्ट्रिय स्तरमा चिनाउने हाम्रो उद्देश्य हो’, उनले भने, ‘सुप पनि पर्यटन गन्तव्य हो भन्ने देखाउन चाहन्छौं ।’
कार्यक्रममा कलाकाहरु भोजराज भट्ट, विनोद बाजुरेली, रेखा जोशी लगायतले प्रस्तुति दिनेछन् । प्रस्तुतिहरु देउडा, छलिया, लोकसंस्कृतिका झलकहरु रहनेछन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…