भ्रमण वर्ष सचिवालय र मिडिया सोसाइटीबीच ८ बुँदे सम्झौता
काठमाडौं –नेपाल भ्रमण वर्ष सचिवालय र नेपाल मिडिया सोसाइटीवीच ८ बुँदे सम्झौता भएको छ । नेपाल भ्रमण वर्ष २०२० सचिवालयका तर्फबाट संयोजक सुरज वैद्य र नेपाल मिडिया सोसाइटीका तर्फबाट अध्यक्ष शुभशंकर कँडेलले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
भ्रमण वर्षका संयोजक सुरज वैद्यले मिडियाको भूमिका महत्वपूर्ण हुने बताउदै भ्रमण वर्षमा हुने गतिविधिहरुलाई विश्वसामु प्रचारप्रसार गरिदिन आग्रह गरे ।
त्यस्तै सोसाइटीका अध्यक्ष कँडेलले आफु मातहतमा भएका मिडियाले निःशुल्क रुपमा नेपाल भ्रमण वर्ष सचिवालयले उत्पादन गरेको सामाग्री प्रसारण गरिने आश्वासन दिए ।
नेपाल भ्रमण वर्ष २०२० सचिवालय र नेपाल मिडिया सोसाइटीबीच भएको समझदारी–पत्रको विवरण
१. प्रथम पक्षद्वारा दोस्रो पक्षले आयोजना गरेको अन्तर्रा्ष्ट्रिय, तथा क्षेत्रिय स्तरको नेपाल भ्रमण वर्ष २०२० सम्वन्धी कार्यक्रम तथा क्रियाकलापहरुलाई प्रथम पक्षको मातहतमा रहेका स्याटेलाइट टेलिभिजन, रेडियो तथा राष्ट्रिय दैनिक मार्फत समाचार महत्वका हिसावले प्रयोग गर्ने गरी रेकर्डिङ गर्ने तथा छपाई मार्फत प्रकाशन र प्रसारण माध्यम मार्फत प्रसारण गर्नेछ । साथै प्रथम पक्षले नेपाल भ्रमण वर्ष २०२० उदघाटन लगायत मूल समारोहका कार्यक्रम सबै स्याटेलाइट टेलिभिजनहरुले प्रत्यक्ष प्रसारण गर्नेछ ।
२. कार्यक्रमको भब्य तयारी र पर्यटकीय गन्तव्य स्थलको वृद्धिका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालयको समन्वयमा विशेष बाइट, रिपोर्ट तथा अन्र्तवार्ता मार्फत प्रथम पक्षले प्रकाशन प्रसारण गर्नेछ ।
३. नेपालको सकारात्मक छवि बाह्य देशहरुमा समेत स्थापित गराउने उद्देश्यका साथ प्रथम पक्षले आसन्न भ्रमण वर्ष २०२० सन्दर्भमा उद्घाटन समारोहको पूर्व तयारी अथवा उद्घाटनको अवसरमा टेलिभिजन रेडियो मार्फत आवश्यक कभरेज प्रसारण तथा राष्ट्रिय दैनिकबाट समष्टिगत विषयवस्तुलाई समेटेर प्रमुखता साथ समाचार तथा विशेष रिपोर्ट प्रकाशन गर्नेछ ।
४. प्रथम पक्षले नियमित रुपमा पर्यटन गन्तव्य तथा कार्यक्रम सम्वन्धी स्याटेलाइट टेलिभिजन, राष्ट्रिय दैनिक तथा तिनका अनलाइन पोर्टल मार्फत यथोचित प्रवर्धन गर्नेगरी कभरेज गर्नेछ ।
५. दोश्रो पक्षले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहको कभरेजका लागि नेपाल मिडिया सोसाइटीका सदस्य प्रत्येक माध्यमलाई कम्तीमा दुईदुई जना रिर्पोटर र क्यामेरा पर्सनका लागि मिडिया पास साथै नेपाल मिडिया सोसाइटीका पदाधिकारी तथा सदस्यहरुका लागि विशेष पासको व्यवस्था गर्नेछ ।
६. प्रथम पक्ष अन्तर्गत रहेका विधुतीय तथा छापा सञ्चार माध्यम मार्फत पर्यटन र नेपाल भ्रमण वर्ष २०२० सम्वन्धी सबै कार्यक्रमहरु कभरेज गर्नुका साथै समाचार बुलेटिनहरुमा विशेष प्रथामिकताकासाथ प्रसारण गरिनेछ र सम्भव भएसम्म दैनिक वा एक दिनको अन्तरमा कम्तीमा ५ मिनेटसम्मको म्यागजिन कार्यक्रम बनाएर प्रसारण गरिनेछ । ती कार्यक्रमहरु सम्वन्धित मिडिया हाउसका युट्युव लगायतका सामाजिक सञ्जालमा समेत अपलोड गरिनेछ । त्यस्ता कार्यक्रमहरुका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डबाट आवश्यक सामग्री तथा सूचनाहरु उलव्ध गराउनु पर्नेछ ।
७. यसरी प्रथम पक्षद्धारा गरिएको मिडिया कभरेज र सहयोगको उच्च सराहना गर्दै भ्रमण वर्ष २०२० सचिवालयले नेपाल मिडिया सोसाइटीको क्षमता अभिवृद्धि तथा प्रवद्धंनमा आपसी सहमति अनुसार सहयोग गर्नेछ । आपसी सहमतिमा दुवै पक्षले अन्य प्रवद्र्धनात्मक तथा रचनात्मक कार्यक्रमको समेत आयोजना गर्नुका साथै दीर्घकालीन रुपले सहकार्यलाई मजबुत गराउन दुवै पक्ष सहमत गर्दछ ।
८. उल्लेखित सर्त तथा दायित्व पालना गर्न मञ्जुर गरी यस सम्झौता–पत्रमा हस्ताक्षर गरियो ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…