December 15, 2019

उच्च पहाडी र हिमाली भागमा आज पनि हिमपातको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडाैं– जल तथा मौसम विज्ञान विभागले केही उच्च पहाडीसहित हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेकाले हरुमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

देशको पश्चिमी भू-भागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वी पहाडी भू-भागको १ /२ स्थानमा हल्का वर्षा हुने प्रक्षेपण पनि गरेको छ । सोमबारदेखि आंशिक बदली रहे पनि माैसममा सुधार हुँदै जाने समेत विभागले जनाएको छ ।

विभागले आइतबार जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ ।

मंसीर २९ गते (आइतबार)

दिउँसो: देशको अधिकांस भू-भागहरुमा सामान्य बदली रहने छ । देशको पश्चिमी भू-भागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वी पहाडी भू-भागको / १ /२ स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहनेछ । हिमाली भू-भागहरुमा हल्का हिमपात हुने संभावना छ।

मंसीर ३० गते (सोमबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १ गते (मंगलबार)

दिउँसो: देशको केहि पहाडी भू-भागमा आंशिक बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: देशको केहि पहाडी भू-भागमा आंशिक बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…