फोर्ब्सले भन्यो, नेपाल भ्रमणका लागि उत्कृष्ट गन्तव्य
- विवेक गुरुङ
काठमाडौं । चर्चित अन्तर्राष्ट्रिय पत्रिका फोर्ब्सले घुम्नको लागि नेपाल विश्वकै उत्कृष्ट गन्तब्य मध्ये एक भएको उल्लेख गरेको छ । फोर्ब्सको अनलाइन संस्करणले नेपाललाई सन् २०२० का लागि घुम्न लायक विश्वका उत्कृष्ट १० स्थान मध्येमा पारेको हो ।
फोर्ब्स पत्रिकाकी लेखिका क्याटरिन पार्कर म्यागरले नेपाल विश्वकै उत्कृष्ट साहसिक पर्यटकीय गन्तव्य भन्दै चर्चा गरेकी छन् । उनले नेपाल सुन्दर र शान्त ठाउँ भएको उल्लेख गर्दै बस्नको लागि आरादायी होटेलहरुका साथैसुन्दर हिमाल भएको उल्लेख गरेकी हुन् ।
उनले नेपालको तराई हुँदै पहाड र हिमालतिर यात्रा गर्दा निक्कै आनन्द आउने जनाएकी छन् । फोर्ब्समा फाल्लुको ह्याप्पी हाउसदेखि कर्णाली लजसम्मको चर्चा गरिएको छ । तराईमा बर्दिया राष्ट्रिया निकुञ्जदेखि चितवनको टाइगरटप्ससम्मको तारिफ गरिएको छ ।
२०२० नेपाल घुम्नका लागि निक्कै महत्वपूर्ण रहेको उल्लेख गर्दै चितवन राष्ट्रिय निकुञ्जको सफारीमा हात्ति र बाघ हेर्नुको माज बेग्दै हुने उल्लेख छ । बर्दिया राष्ट्रिय निकुञ्ज र हिमाली भेगहरु घुम्नका लागि असाध्यै राम्रो रहेको पनि उल्लेख गरिएको छ ।
करीब न्यूयोर्क जत्रो नेपाल विविधताले भरिपूर्ण रहेको उल्लेख गरिएको छ । साथै नेपालीको पाहुनालाई स्वागत गर्ने तरिका निकै उत्कृष्ट रहेको लेखमा उल्लेख छ ।
नेपालसहित २०२० का लागि घुम्न सिफारिस गरिएका अन्य देशहरुमा इक्वेडर, न्यूजिल्याण्ड, पेरु, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्याण्ड र केन्या रहेका छन् ।
नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० को तयारी जोडतोडले गरिरहेको बेला फोर्ब्सले नेपाललाई उत्कृष्ट गन्तव्यको सूचिमा राखेको हो । भ्रमण वर्षका बेला नेपाल आउने पर्यटकलाई नेपालका ट्राभल्स एजेन्सीहरु, होटल, होमस्टेलगायतले यसअघि नै छुटको घोषणा गरिसकेको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…