December 18, 2019

भ्रमण वर्ष सचिवालयले बान र अकोराबसँग समझदारी

  • विवेक गुरुङ

Nepal Broadcasting association of Nepalकाठमाडौं– नेपाल भ्रमण वर्ष २०२० सचिवालयले ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल (बान) र सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) सँग छुट्टछुट्टै आठ बुँदे समझदारी गरेको छ ।

सचिवालयको तर्फबाट सुरज वैद्य, बानको तर्फबाट अध्यक्ष चन्द्र न्यौपाने र अकोराबको तर्फबाट अध्यक्ष सुवास खतिवडाले समझदारीमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि नेपाल भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज वैद्यले भ्रमण वर्षको सन्देश गाउँ गाउँसम्म पुर्‍याउनका महत्वपूर्ण भूमिक हुने बताउँदै रेडियोको प्रभावकारित नेपाली समाजमा गहिरो रहेको बताए ।

‘भ्रमण वर्षलाई निरन्तता रुपमा अगाडि लैजानु पर्ने बताउँदै देशको समृद्धि र विकासको मूल आधार पर्यटन र कृषि क्षेत्र हो भनेर चिनाउनु पर्दछ’ उनले भने ।

सामुदायिक प्रशारक संघका अध्यक्ष सुवास खतिवडाले नेपाल भ्रमण वर्षलाई सफल पर्नको लागि स्थानीय तहमा रहेको मठ, मन्दिर, कला, संस्कृतिको उजगार गर्दै लैजानु पर्ने बताए । भ्रमण वर्ष अवधीभरमा उत्कृष्ट रेडियो रिपोर्ट बनाउने केही प्रत्रकारहरुलाई पुरस्कारको ब्यावस्थ हुनु पर्नेमा उनको भनाई थियो ।

त्यसैगरी बानका अध्यक्ष चन्द्र गिरीले विकासको मूल आधार पर्यटन क्षेत्रलाई बनाउनको लागि सबै लाग्नु पर्ने बताउँदै सरकारले दिएको जिम्मेवारी बहन गर्न बताए । पर्यटन क्षेत्रको विकासको लागि देशभर भएका प्रशारण स‌ंस्थाहरुले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नेपाल भ्रमण वर्ष २०२० सचिवालय र सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) बीच भएको समझदारी–पत्रको पुर्ण पाठः

१. प्रथम पक्षद्धारा दोस्रो पक्षले आयोजना गरेको अन्तर्रा्ष्ट्रिय, तथा क्षेत्रिय स्तरको नेपाल भ्रमण वर्ष २०२० सम्वन्धी कार्यक्रम तथा क्रियाकलापहरुलाई प्रथम पक्षको मातहतमा रहेका रेडियो मार्फत समाचार महत्वका हिसावले प्रयोग गर्ने गरी प्रसारण गर्नेछ । साथै प्रथम पक्षले नेपाल भ्रमण वर्ष २०२० उद्घाटन लगायत मूल समारोहका कार्यक्रम सामुदायिक सूचना नेटवर्क मार्फत रेडियोहरुबाट प्रत्यक्ष प्रसारण गर्नेछ ।
२. पर्यटकीय गन्तव्य स्थलको वृद्धिका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालयको समन्वयमा विशेष बाइट, रिपोर्ट, जिंगल तथा अन्र्तवार्ता प्रथम पक्षले प्रसारण गर्नेछ ।
३. नेपालको सकारात्मक छवि बाह्य देशहरुमा समेत स्थापित गराउने उदेश्यका साथ प्रथम पक्षले आसन्न भ्रमण वर्ष २०२० सन्दर्भमा उद्घाटन समारोहको पूर्व तयारी अथवा उद्घाटनको अवसरमा रेडियो मार्फत आवश्यक कभरेज प्रसारण तथा समष्टिगत विषयवस्तुलाई समेटेर प्रमुखता साथ समाचार तथा विशेष रिपोर्ट प्रशारण गर्नेछ ।
४. प्रथम पक्षले नियमित रुपमा पर्यटन गन्तव्य तथा कार्यक्रम सम्वन्धी सामुदायिक रेडियो तथा तिनका अनलाइन पोर्टल मार्फत यथोचित प्रवर्धन गर्नेछ ।
५. प्रथम पक्षले सामुदायिक रेडियो नेपाल भ्रमण वर्ष २०२० सम्वन्धी सबै कार्यक्रमहरु कभरेज गर्नुका साथै समाचार बुलेटिनहरुमा विशेष प्रथामिकताका साथ प्रसारण गरिनेछ र सम्भव भए सम्म दैनिक वा एक दुई दिनको अन्तरमा कम्तीमा ५ मिनेट सम्मको म्यागजिन कार्यक्रम बनाएर प्रसारण गरिनेछ । ती कार्यक्रमहरु सम्वन्धित मिडिया हाउसका युट्युव लगायतका सामाजिक सञ्जालमा समेत अपलोड गरिनेछ । त्यस्ता कार्यक्रमहरुका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डबाट आवश्यक सामग्री तथा सूचनाहरु उलव्ध गराउनु पर्नेछ ।
६. यसरी प्रथम पक्षद्धारा गरिएको मिडिया कभरेज र सहयोगको उच्च सराहना गर्दै भ्रमण वर्ष २०२० सचिवालयले सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) अन्तर्गतको सीआइएनको क्षमता अभिवृद्धि तथा प्रवद्धंनका लागि सहयोग गर्नेछ ।७. पहिलो पक्षले देशभरीका सामुदायिक रेडियोलाई समानुपातिक रुपमा प्रदेश कमिटीहरुमार्फत सूचना तथा विज्ञापन उपलब्ध गराउनेछ ।
७. पहिलो पक्षले दोश्रो पक्षलाई सामुदायिक सूचना नेटवर्क (सीआइएन) तथा अन्य माध्यममार्फत प्रशारण भएका कार्यक्रम तथा प्रशारण सामाग्रीको विवरण सहित प्रतिवेदन बुझाउनु पर्नेछ ।
८. उल्लेखित शर्त तथा दायित्व पालना गर्न मञ्जुर गरी यस सम्झौता–पत्रमा हस्ताक्षर गरियो । हस्ताक्षर भएको मिती देखि यो संझौता लागू हुनेछ ।

यस्तै गरि नेपाल भ्रमण वर्ष २०२० सचिवालय र ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल (बान) बीच भएको समझदारी पत्र को पुर्ण पाठः

१. प्रथम पक्षद्धारा दोस्रो पक्षले आयोजना गरेको अन्तर्रा्ष्ट्रिय, तथा क्षेत्रिय स्तरको नेपाल भ्रमण वर्ष २०२० सम्वन्धी कार्यक्रम तथा क्रियाकलापहरुलाई प्रथम पक्षको मातहतमा रहेका रेडियो मार्फत समाचार महत्वका हिसावले प्रयोग गर्ने गरी प्रसारण गर्नेछ । साथै प्रथम पक्षले नेपाल भ्रमण वर्ष २०२० उद्घाटन लगायत मूल समारोहका कार्यक्रम ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल अन्तर्गतका रेडियोहरुबाट प्रत्यक्ष प्रसारण गर्नेछ ।
२. पर्यटकीय गन्तव्य स्थलको वृद्धिका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालयको समन्वयमा विशेष बाइट, रिपोर्ट, जिंगल तथा अन्र्तवार्ता प्रथम पक्षले प्रसारण गर्नेछ ।
३. नेपालको सकारात्मक छवि बाह्य देशहरुमा समेत स्थापित गराउने उदेश्यका साथ प्रथम पक्षले आसन्न भ्रमण वर्ष २०२० सन्दर्भमा उद्घाटन समारोहको पूर्व तयारी अथवा उद्घाटनको अवसरमा रेडियो मार्फत आवश्यक कभरेज प्रसारण तथा समष्टिगत विषयवस्तुलाई समेटेर प्रमुखता साथ समाचार तथा विशेष रिपोर्ट प्रशारण गर्नेछ ।
४. प्रथम पक्षले नियमित रुपमा पर्यटन गन्तव्य तथा कार्यक्रम सम्वन्धी ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल अन्तर्गतका रेडियो तथा तिनका अनलाइन पोर्टल मार्फत यथोचित प्रवर्धन गर्नेछ ।
५. प्रथम पक्षले ब्रोडकास्टिङ एशोसिएशन अफ अन्तर्गतका व्यवसायीक रेडियोहरुले नेपाल भ्रमण वर्ष २०२० सम्वन्धी सबै कार्यक्रमहरु कभरेज गर्नुका साथै समाचार बुलेटिनहरुमा विशेष प्रथामिकताका साथ प्रसारण गरिनेछ र सम्भव भएसम्म दैनिक वा एक दुई दिनको अन्तरमा कम्तीमा ५ मिनेट सम्मको म्यागजिन कार्यक्रम बनाएर प्रसारण गरिनेछ । ती कार्यक्रमहरु सम्वन्धित मिडिया हाउसका युट्युव लगायतका सामाजिक सञ्जालमा समेत अपलोड गरिनेछ । त्यस्ता कार्यक्रमहरुका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डबाट आवश्यक सामग्री तथा सूचनाहरु उलव्ध गराउनु पर्नेछ ।
६.यसरी प्रथम पक्षद्धारा गरिएको मिडिया कभरेज र सहयोगको उच्च सराहना गर्दै भ्रमण वर्ष २०२० सचिवालयले ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल (बान) अन्तर्गतका रेडियोको क्षमता अभिवृद्धि तथा प्रवद्धंनका लागि सहयोग गर्नेछ ।
७. पहिलो पक्षले दोश्रो पक्षलाई ब्रोडकास्टिङ एशोसिएशन अफ नेपालले प्रशारण भएका कार्यक्रम तथा प्रशारण सामाग्रीको विवरणसहित प्रतिवेदन बुझाउनुपर्नेछ ।
८. उल्लेखित शर्त तथा दायित्व पालना गर्न मञ्जुर गरी यस सम्झौता–पत्रमा हस्ताक्षर गरियो । हस्ताक्षर भएको मितीदेखि यो संझौता लागू हुनेछ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…