December 18, 2019

अन्नपूर्ण आधारशिविरबाट फर्केका दुई हेलिकप्टर खेल मैदानमा अवतरण, मौसमको खराबीले पोखरामा उडान ठप्प

कास्की– पोखराको मौसममा आएको खराबीले दुई हेलिकप्टरलाई खेल मैदानमा अवतरण गराइएको छ । पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा अकस्मात खराबी आउँदा बुधबार बिहान १० बजेर १० मिनेटमा पोखरा महानगरपालिका–१९ लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिएको छ ।

बिहान आधार शिविरतर्फ उडानको क्रममा मौसम अनुकूल रहे पनि फर्कने क्रममा विमानस्थल हुस्सुले ढाकेपछि अवतरण हुन नसकेको हो ।

‘पोखरा विमानस्थल हुस्सुको कारणले बन्द हुँदा टावरसँगको सम्पर्कमा दुई हेलिकप्टर खेल मैदानमा अवतरण गर्नुपरेको बताइएको छ । मौसम खुल्ने वित्तिकै उड्ने तयारीमा छन्’ पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ अधिकारीले भने।

मौसम सफा नहुँदा बुधबार पोखरा विमानस्थलबाट बिहान ११ बजेसम्म कुनै पनि उडान तथा अवतरण हुन सकेका छैनन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…