टेलिफोन र इन्टरनेटका तार काटिए पछि ठमेलमा सञ्चार प्रभावित
काठमाडाैं– स्थानीयले सौन्दर्य बिगारेको भन्दै तार काटिदिएपछि ठमेल क्षेत्रमा एकसाता देखि इन्टरनेट सेवा प्रभावित बनेको छ ।
विद्युतको बाहेक टेलिफोन, इन्टरनेटका तार काटेको छ । ठमेल पर्यटन विकास परिषद्ले सहरलाई कुरूप बनाएको भन्दै पोलमा झुन्डिएका तथा सडकमा लत्रिएका तार काट्न थालेको हो। ठमेललाई सुन्दर र सफा राख्न तार व्यवस्थापन गरेका परिषद्ले जनाएको छ ।
तार काटिएपछि गत आइतबारदेखि ठमेल क्षेत्रमा इन्टरनेट जडान गरेका होटेल, रेस्टुरेन्ट, व्यापारिक प्रतिष्ठान र स्थानीय उपभोक्ताको घरमा सेवा ठप्प छ। परिषद्ले विद्युतका बाहेक अन्य सबै तार काटिएको जनाएको छ।
पर्यटन व्यवसायीहरूका अनुसार, नेपालमा आउने कुल पर्यटक मध्ये ९० प्रतिशत पर्यटक कुनै न कुनै कामले ठमेल घुम्न आउने गर्छन् । भ्रमण वर्षमा पनि बढी पर्यटक आकर्षित गर्न सरसफाई सञ्चालन गरिएको हो ।
ठमेल क्षेत्र काठमाडौं महानगरपालिकाको १६, १७, २६ र २७ वडामा पर्छन् । यी ४ वडा कार्यालय, नेपाल प्रहरी, विद्युत प्राधिकरण, नेपाल टेलिकमलगायत संस्थासँग छलफल गरेरै तार काट्न थालेको परिषद्को दाबी छ । मंसिर १७ गते सातदिने सार्वजनिक सूचना जारी गरे पनि सरोकारवाला निकाय अग्रसर नभएपछि आफूहरू नै अघि सरेको परिषद् पदाधिकारीको भनाइ छ ।
अहिले काटिएका क्षेत्रमा नेपाल टेलिकमले पुन: तार राख्न सुरु गरिसकेको छ । केशर पुस्तकालयदेखि ठमेलस्थित सञ्चयकोष भवन, नरसिङ चोक, सातघुम्ती चोक, ठमेल–ज्याठा मार्गसम्म तार व्यवस्थापन गरिसकेको परिषद्ले जनाएको छ।
परिषद्ले तार व्यवस्थापनको काम सुरु गरेपछि इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल (आइस्पान) ले उक्त कार्यलाई गैरकानुनी भनेको छ। इन्टरनेट सेवा प्रदायकहरूले भने तार काट्नेलाई कारबाही नभएसम्म सेवा सुचारु गर्न नसकिने बताएका छन् ।
नेपाल दुरसञ्चार प्राधिकरणले तार काटिएपछि ध्यानाकर्षण भएको जनाएको छ। अव्यवस्थित तारलाई व्यवस्थित गर्ने प्रक्रिया अगाडि बढाइरहेको र सेवा प्रदायक संस्था तार व्यवस्थापन गर्न तत्पर हुँदाहुँदै छलफलबिनै उक्त कार्य गरिएको प्राधिकरणले जनाएको छ । यस्तो काम दुरसञ्चार ऐन ०५३ को मर्मविपरीत हुनुका साथै दण्डनीयसमेत भएको प्राधिकरणले जनाएको छ। यस्तो कार्यले सेवाग्राही तथा आम नागरिक दुरसञ्चार सेवाबाट वञ्चित हुनुका साथै आर्थिक व्ययभारसमेत भएको प्राधिकरणको भनाइ छ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…