December 22, 2019

जापानमा इलामको चिया प्रवर्द्धन गर्ने जापानी नागरिक माचुया सम्मानित

जापानी नागिरक माचुया माइखावालाई सम्मान गरिँदै ।

काठमाडौं– नागरिक एकता समाजले जापानमा इलामको चिया पसल संचालन गरेका जापानी नागरिक माचुया माइखावालाई सम्मान गरेको छ ।
इलामको चिया प्रबर्द्धन गरेको भन्दै समाजले शनिबार काठमाडौंमा माचुयालाई अन्तरराष्ट्रिय नागरिक सेवा सम्मान २०१९ प्रदान गरेको हो ।

जापानको तोकुशिमामा माचुयाले आफ्नै ठाउँमा टी पार्टी कम्पनी लिमिटेड अन्तरगत इलामको चिया बेच्न चाय इलाम पसल खोलेका छन् । उनी तोकुशिमामै जन्मिएका हुन् । उनले आफ्नो पसलमा इलामकाे मात्रै चिया बेच्ने गरेका छन् । माचुयाले इलाम आएर चिया लैजाने गरेका छन् । इलामलाई जापानमा ब्रान्डिङ गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।

उनी २० पटक भन्दा बढी नेपाल आइसकेका छन् । चितवन, स्वयम्भु, बौद्ध लगायत यहाँका बिभिन्न पर्यटकीय र पुरातात्विक क्षेत्र घुमेका छन् । ‘नेपालीको आतिथ्यता राम्रो लाग्छ । त्यसैले यता आउन मन लागिरहन्छ,’ उनले भने, ‘नेपालका धेरै ठाउँ घुम्ने र ट्रेकिङ जाने पनि मन छ ।’

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…