December 22, 2019

भ्रमण वर्ष सचिवालय र टर्कीस एयरलाइन्सबीच आठ बुँदे सम्झौता

काठमाडौं– नेपाल पर्यटन प्रवर्द्धनकालागि नेपाल भ्रमण वर्ष २०२० सचिवालयले टर्कीस एयरलाइन्ससँग सम्झौता गरेको छ । टर्किसले नेपाल भ्रमणमा आउने यूरोप र अमेरिकाका पर्यटकलाई सहयोग गर्दै आइरहेको छ ।

भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्य तथा एयर लाइन्सका कन्ट्री डाइरेक्टर अब्दुल्हा टंसर केसेसीबीच शुक्रबार आठ बुँदे सम्झौता भएको हो । सम्झौतापछि संयोजक वैद्यले नेपाल जस्तो ल्याण्ड लक कन्ट्रीमा अन्तर्राष्ट्रिय हवाई कनेक्सनको ठूलो भूमिका हुने बताए ।

संयोजक वैद्यले नेपाल उडानमा केही महंगो भए पनि टर्कीस एयरलाइन्सले निरन्तर हवाई उडान गरिरहेकोमा धन्यवाद दिए ।

त्यसैगरी टर्की एयरलाइन्सका कन्ट्री डाइरेक्टर केसेसीले टर्किस एयरलाइन्सले निरन्तर हवाई सेवासँगै नेपालको पर्यटन क्षेत्रमा योगदान दिदै आएको चर्चा गरे । उनले आगामी दिनमा पनि नेपालको पर्यटन क्षेत्रमा सहयोग गर्न आफ्ना अन्य गन्तब्यहरु मार्फत पनि प्रचार प्रसार गर्ने बताए ।

सम्झौतामा भ्रमण वर्ष सचिवालयको अफिसियल एयरलाइन्सको रुपमा टर्कीस एयरलाइन्स रहने, यूके, यूरोप र अमेरिकाबाट सामान ढुवानीका लागि टर्किस एयरलाइन्सको प्रयोग गर्ने भएको छ । त्यसैगरी, अमेरिका तथा यूरोपका देशहरुमा हुने ट्राभल्स एन्ड टुर्स फेयरमा नेपाल भ्रमण वर्ष र टर्किस एयरलाइन्सले संयुक्त रुपमा प्रचार प्रसार गरिने, विदेशी पत्रकारहरुलाई नेपाल भ्रमण वर्षको रिर्पोटिङ गर्न आउने निश्चित पत्रकारहरुका लागि हवाई भाडा व्यहोरिदिने जस्ता सम्झौताहरु भएका छन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…