December 23, 2019

भ्रमण वर्षलाई उत्सवका रुपमा मनाऔं : मन्त्री भट्टराई

–विवेक गुरुङ


काठमाडौ“– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० लाई उत्सवको रुपमा मनाउनु पर्ने बताएका छन् ।

सोमबार काठमाडाैंमा बैंकरहरुसँगको छलफलमा मन्त्री भट्टराईले भ्रमण वर्ष सफल बनाउन सबैले एकताबद्ध भएर लाग्नुपर्ने बताए ।

भ्रमण वर्षको तयारी तीब्र भइरहेको जानकारी दिँदै मन्त्री भट्टाराईले जनवरी १ को सा“झ घर–घरमा बत्ति बालेर उत्सवको रुपमा मनाउनु पर्ने बताए ।

‘भ्रमण वर्ष २०२० सुरुवात भएकोले १० वर्षसम्म निरन्तरता दिएर २०३० सम्म भ्रमण दशकको रुपमा मनाउनु पर्ने हुन्छ,’ उनले भने, ‘त्यतिबेलासम्म नेपालर्मा भौतिक संरचना, होटल, बाटो सबै निर्माण भइसकेको हुनेछ । त्यसबेला आर्थिक स्रोतको रुपमा पर्यटन क्षेत्र स्थापित भइसक्नेछ ।’

मन्त्री भट्टाराईले बैकहरुसँग सहकार्य गर्दै भ्रमण वर्षका लागि देशको मुख्य–मुख्य पर्यटकीय क्षेत्रका सूचना बोर्ड राख्ने र सिमानामा भ्रमण वर्ष झल्किने सन्देशमूलक बोर्डहरु राख्न सहकार्य हुनुपर्ने बताए ।

बैंकरहहरुले सरकारले तोकेको जिम्मेवारी बहन गर्दै बैंकिङ क्षेत्रबाट भ्रमण वर्षका लागि सहकार्य गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । भ्रमण वर्षको प्रचारका लागि बैकहरुले बुकलेट, फ्लेक्स बोर्ड राख्ने लगायतका काम गर्ने उनीहरुले जनाएका छन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…