‘भुवा पर्व’ मा बिहीबार प्रदेश सरकारको बिदा
काठमाडाैं– ‘भुवा पर्व’को अवसरमा बिहीबार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा मंगलबार प्रकाशित सूचनामा प्रदेश सरकारको निर्णयबमोजिम भुवा पर्व मनाइने पुस १० गते बिहीबार सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ ।
यो पर्व खास गरी प्रदेशको अछाम, बाजुरा, बझाङलगायतका जिल्लामा उल्लासपूर्वक मनाउने गरिन्छ ।
भुवाको सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व छ । त्रेता युगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले खुशियाली मनाएको दिनमा यो पर्व मनाउने गरिन्छ । भुवामा पाँच पाण्डपको गाथासमेत गाइने गरिन्छ । यो पर्व कर्णाली प्रदेशका केही जिल्लामा समेत मनाइने गरिन्छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…