December 26, 2019

सम्पदा पदयात्रा शनिबारदेखि

Pasupatinath-10 world heritage site in Nepal

काठमाडौँ– भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‌याउने उद्देश्यले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदाहरुमा पदयात्रा गरिने भएको छ ।

बेटर नेपालको पहलमा हुन लागेको पदयात्रामा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, युवा, विद्यार्थी, कलाकार र सामाजिक अभियानकर्मी सहभागी हुने छन् ।

सरकारले गर्न लागेको अभियानमा सहयोग पुर्‌याउने हेतुसाथ पदयात्रा गर्न लागिएको अयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । बेटर नेपालका अध्यक्ष माला खरेलले पुस १२ गतेदेखि पदयात्रा सुरु गरिने जानकारी दिए । पशुपति मन्दिरबाट सुरु गरिने पदयात्रा वसन्तपुर दरबारसम्म पुर्‌याइने छ । पुस १९ गते माइतीघर मण्डलदेखि स्वयम्भू स्तूपमा पुग्ने कार्यक्रम छ ।

यस्तै पुस २६ गते पाटनढोकादेखि पाटन कृष्णमन्दिरसम्म र माघ ४ गते नयाँ ठिमी शङ्खधरचोकबाट भक्तपुर दरबार परिसरसम्म पद्यात्रा गर्ने कार्यक्रम छ । खेलकूदको माध्यमबाट नेपाल भ्रमण वर्षको प्रवर्द्धन गर्नका लागि सो दिन अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धरलाई सहभागी गराइने छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…