पोखरा विमानस्थल निर्माण जुलाईमा सकिने
कास्की– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय क्षेत्रीय विमानस्थलको निरीक्षण गर्दै तोकिएकै अवधिभित्र काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।
विमानस्थल परियोजना प्रमुख विनेशकुमार मुनाकर्मीले हालसम्म ५४ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै तोकिएको अवधि भन्दा छ महिनाअघि नै आयोजना सम्पन्न हुने बताए । उनका अनुसार सन् २०२१ जुलाई १० सम्म निर्माण सम्पन्न हुने बताइएको छ । परियोजनाले सन् २०२० को डिसेम्बरमा सबै काम सम्पन्न भई परीक्षण उडान सुरु गर्ने र जुलाईबाट व्यावसायिक उडान सुरु हुने जनाएको छ ।
धावनमार्ग तयार भएको तथा टर्मिनल भवनको आन्तरिक व्यवस्थापनको काम बाँकी रहेको परियोजनाले जनाएको छ । ह्याङ्गर, एटिसी कम्प्लेक्स भवन, एटिसी कन्ट्रोल टावर र विमानस्थल प्रवेशद्वारको काम जारी रहेको परियोजना प्रमुख मुनाकर्मीले जानकारी दिए ।
सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र चीनको सिएमसी इञ्जिनीयरिङ कम्पनीका बीचमा विमानस्थल निर्माणका लागि सम्झौता भएको थियो । सन् २०१७ को जुलाई ११ बाट निर्माणकार्य सुरु भएको विमानस्थलको कूल लागत २२ अर्ब रहेको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…