December 30, 2019

प्रथम ताघ्रिङ पर्यटन उत्सव जारी

  • बसन्ता भट्ट

Tagring

लमजुङ । उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ ताघ्रिङमा प्रथम पर्यटन उत्सव २०७६ जारी छ । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै तमू ल्होसारको अवसरमा प्रथम ताघ्रिङ पर्यटन उत्सव आयोजना गरिएको हो ।

उत्सवको आईतबार पूर्व राज्य मन्त्री राम बहादुर गुरुङले उदघाट्न गरे । महोत्सवको उदघाट्न गर्दै गुरुङले महोत्सव पर्यटन प्रवर्द्धनको मेरुदण्ड हुनुपर्नेमा जोड दिए । उनले मेला महोत्सव रमाईलोको लागि मात्रै नभई यसले विकास र समृद्धिको आधार तय गर्ने सरोकारवाला निकायलाई जिम्मेबार बनाउने अवसर भएको पनि बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य धनन्जय दवाडीले मुलक संघियतामा गएसँगै विकास र समृद्धिको चरण अघि बढेको दावि गरे । विकास र समृद्धिसँगै स्थानीय गाउँमा व्यवसायिक उत्पादन बृद्धिमा स्थानीयले नै विशेष चासो दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, नेपाली कांग्रेस लमजुङका सभापति भेष बहादुर पौडेल, नेकपा जिल्ला सदस्य जीत बहादुर गुरुङलगायतले विकास र निर्माणका विषयमा आम समुदायमा एकता हुनुपर्नेमा जोड दिएका थिए ।

उत्सव मूल आयोजक समितिका संयोजक बलबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मर्स्याङ्दी–४, का वडा अध्यक्ष सुमन गुरुङ, सुन्दरवजार नगरपालिका उपप्रमूख ज्ञानु शाह, राईनास नगरपालिका उपप्रमूख धनकुमारी गुरुङ, बन्दिपुर पर्यटन विकास समिति अध्यक्ष बैसबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्थानीय एवं नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य नरबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

‘कृषि पर्यटन उद्योग र ब्यापार, समृद्धि र सुखी नेपालको आभार’ भन्ने मुल नाराका साथ ताघ्रिङबासीले पहिलो पटक पर्यटन उत्सव गरेको हो । महोत्सवमा वडा भित्र रहेका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको अवलोकन सँगै झाँकी प्रदर्शन, स्थानीय कला प्रदर्शन, अर्गानिक खानाका साथ होमस्टेको बसाई लगायतको मुख्य आकर्षण रहेको छ ।

महोत्सवमा राष्ट्रिय गोक गायक राजु परियार, सविना शेर्पा, मुस्कान श्रेष्ठको प्रस्तुती सँगै स्थानीय कलाकारहरुको सांगीतिक तथा सांस्कृतिक प्रस्तुती रहेको छ । अन्य आकर्षणमा स्थानीय आमा समूहको नृत्य, बाल समूहको नृत्य, छेलो प्रतियोगीता, डोरि तान्ने प्रतियोगिता, स्योँकैलगायतका कार्यक्रम रहेका छन् ।

मर्स्याङ्दी गाउँपालिका वडा नं. ४ र तमू ल्होसार मुल आयोजक समिति ताघ्रिङले आयोजना गरेको उत्सव दुई दिनसम्म चल्नेछ । उत्सवमा मर्स्याङ्दी गाउँपालिकाको कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय भुजुङ, अपर स्यागे, स्यागे र राधी हाईड्रोपावर प्रा.लि., न्यू वाटरफल गेष्ठ हाउस गेष्ठ, कृषक जागरण साकोस स्यागे साकोस र ताघ्रिङ घेर्मु साकोस रहेका छन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…