लामा जातिको नयाँ वर्ष सुरु, छ दिनसम्म नाचगान र खानपिन गरी मनाइँदै
हुम्ला– हुम्लाको सदरमुकाम सिमिकोटमा पुस ११ गतेदेखि सुङ्गुर वर्ष गई मुसा वर्ष सुरु भएको उपलक्ष्यमा खानपिन तथा नाचगान गरी लामा जातिका समुदायले सांस्कृतिक उत्सव मनाएका छन् । समारोहमा छेप्याल लामाले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिए ।
सांसद छक्कबहादुर लामा र प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले यसप्रकारको चाडपर्वले आपसमा सदभाव, सुख, समृद्धि र सदभावको विकास हुने धारणा व्यक्त गरे । यो चाड लामा जातीको नयाँ वर्ष सुरु भएदेखि ६ दिनसम्म मनाउने गरिन्छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…