काउन्सिलमा बिके आर्ट ग्यालरीको प्रदर्शनी
काठमाडाैं– बिके आर्ट ग्यालरीले राजधानीस्थित नेपाल आर्ट काउन्सिलमा चित्र प्रदर्शनी राखेको छ । डिसेम्बर २९ देखि सुरु भएको प्रदर्शनी जनवरी ४ सम्म चल्ने छ ।
प्रदर्शनीमा बुद्ध, सगरमाथासहित तराइ, पहाड र हिमाली जनजीवन झल्कनेलगायतका चित्र राखिएका छन् । पर्यटन वर्षका सन्दर्भमा गरिएको प्रदर्शनीले पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको ग्यालरीका संचालक नरबहादुर बिकेले बताए ।
उनको यो पन्ध्राैं प्रदर्शनी हो । प्रदर्शनीमा वाटर कलर र एकृलिक कलरका माध्यमबाट बनाइएका एक सय पाँच चित्र राखिएका छन् ।
लामो समयदेखि यो पेशामा संलग्न बिकेले बनाएका अघिल्लो संस्करणका चित्रहरु बिभिन्न स्थानमा प्रदर्शन भैसकेका छन् । उनले कला सम्बन्धित बिभिन्न पुरष्कार समेत पाएका छन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…