January 3, 2020

भ्रमण वर्षभरि सम्पदा पदयात्रा

Pasupatinath-10 world heritage site in Nepalकाठमाडौं । नेपाल भ्रमण वर्ष २०२० भर देशभरका सम्पदा सफाइ गर्न जनचेतना जगाउने उद्देश्यले सम्पदा पैदल यात्रा जारी राखिने भएको छ ।

वाग्मती सफाइ महाअभियानलगायत उपत्यकाका रुद्रमती, विष्णुमती, चक्रपथ उत्तर र पश्चिम खण्ड, मनोहरा, गोदावरी खोलालगायत सफाइ अभियानका अभियानकर्मीको शुक्रबारको विशेष भेलाले यस्तो निर्णय गरेको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा पुस १२ गते शनिबार बिहान विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रबाट वसन्तपुरसम्म पैदलयात्रा गरी यो अभियान शुरु भएको हो । शुरुमा एक महिनाका लागि घोषणा गरिएको अभियानमा जनसहभागिता जु्ट्नुका साथै वर्षभर गर्नुपर्ने माग आएपछि अभियानकर्मीले यात्रा जारी राख्ने निर्णय गरेका हुन् ।

भेलाले वाग्मती सफाइ अभियानकर्मी किशोरसिंह शाहीलाई एकवर्षे सम्पदा पैदल यात्राको संयोजक पदमा सर्वसम्मतिले चयन गरेको छ । यात्रालाई संस्थागत स्वरुप दिई सम्पदा संरक्षण एवं सफाइमा केन्द्रित गर्ने सोच रहेको बताइएको छ । पुस १९ गते शनिबार विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुरबाट विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भू क्षेत्रसम्म सम्पदा पैदल यात्रा गरिने अभियानकर्मी माला खरेलले बताए ।

यो हप्ताको पैदल यात्रामा कीर्तिमानी धावक वैकुण्ठ मानन्धरसँगै आविष्कार केन्द्रका अध्यक्ष एवं म्यागासेसे पुरस्कार विजेता महावीर पुनलगायत अभियानकर्मी सहभागी हुनेछन् । पैदल यात्रासँगै वसन्पुर दरबार क्षेत्र र वयम्भू क्षेत्रमा पनि विशेष सफाइ अभियानसहित जनजागरण अभियान चलाइने जनाइएको छ । पुस २६ गते विश्व सम्पदा सूचीमा सूचिकृत पाटन दरबार क्षेत्र र माघ ४ गते शनिबार भक्तपुर दरबार क्षेत्रका सम्पदामा सम्पदा पदयात्रासहित सफाइ गरिने संयोजक शाहीले बताए ।–रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…