January 8, 2020

कालापत्थरमा फेसन शो हुने

Everest Feshon show

काठमाडौँ । कालापत्थर द माउन्ट एभरेष्ट फेसन रनवे शो हुने भएको छ । बुधवार पत्रकार सम्मेलन गरी कासा र आरबी डायमण्डले कार्यक्रम बारे जनकारी दिएको हो ।

आउँदो जनवरी २६ मा हुने कार्यक्रम ४५ मिनेटको हुनेछ । ५ हजार ६ सय ४४ मिटर उचाइमा रहेको कालापत्थर मा हुने फेसन शोमा विदेशी १५ जना र नेपाल ५ जान मोडलको सहभागी हुने आयोजकले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको समन्वयमा हुन लागेको कार्यक्रमको तयारी तीव्र रूपमा भइरहेको छ । नेपालमा पहिलो पटक हुन लागेको उक्त शोलाई गिनीज बुक अफ वर्ल्ड रेकर्ड राख्नको लागि हुने आयोजकको दाबी छ । गिनीज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधि जनावरी २४ तारिकमा काठमाडौँ आई सक्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमको मुख्य उद्देश्य विश्वव्यापी जलवायु परिवर्तनको बारेमा चेतना जगाउने, नेपालको प्राकृतिक सौन्दर्य प्रदर्शन गर्ने, नेपालको फेसन शोलाई विश्वसामु चिनाउने, नेपाललाई एक फेसन सो हुने ठाउँ हो भनेर चिनाउने र विश्वभरि पर्यटन गन्तव्यका रूपमा विकास गर्न सहयोग गर्ने रहेको छ ।

पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले कार्यक्रमले नेपालको पहिचान विश्वमा फेशन शोका मध्यमबाट चिनाउन सहयोग पुग्ने बताए । हिमालको काखमा हुन लागेको उक्त शोको प्रसारण विश्वभरी हुने भएकोले पर्यटन क्षेत्रमा टेवा पुग्ने उनको भनाई थियो ।

ट्रेकिङ गाईडहरुको साथमा ३० जना भन्दा बढी आयोजक सहभागी हुने कार्यक्रममा नेपाल भ्रमण वर्षलाई विश्व सामु प्रचार र प्रसार सहयोग पुग्ने आयोजकको दाबी छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…