January 8, 2020

दुई दिन वर्षा र हिमपातको सम्भावना, शुक्रबारदेखि माैसम सुधार हुने

गत बिहीबार शनिबारसम्म परेको हिमपातका कारण पुरै हिउँले ढाकेको डोटीको पूर्वीचौकी गाउँपालिका बग्लेकमा रहेको हलिया बस्ती । तस्बिर : विमलबहादुर विष्ट/रासस

काठमाडौं : जम्मु–कस्मीर हुँदै पश्चिम नेपालबाट प्रवेश गरेको न्यूनचापीय वायुका कारण देशभरको फेरि प्रभावित भएको छ ।

बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ। पूर्वी भू-भागमा हल्का वर्षाको सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात हुने सम्भावना रहेको छ। राति देशभर सामान्य बदली रही पश्चिमका केही स्थान, मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात हुने सम्भावना रहेको छ।

बिहीबार दिउँसो केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि पश्चिमका एक-दुई स्थान साथै मध्य र पूर्वका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

शुक्रबारदेखि मौसम सफा हुँदै जाने छ । देशको मध्य र पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। शुक्रबार राती देशभर मौसम सफा रहनेछ।

वर्षा र हिमपातका कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिन महाशाखाले सचेत गरेको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…