January 9, 2020

यसरी रह्यो अष्ट्रलेलियन क्याम्प नाम

पोखरा । अन्नपूर्ण बेस क्याम्प ट्रेक होस् वा पुनहिल–घोरेपानी ट्रेकबाट फर्कंदा एउटा रमाइलो डाँडामा आइपुगिन्छ । धेरैको मन छुने, त्यो हरियाली भित्रको मनोरम डाँडाको नाम अष्ट्रलियन क्याम्प हो ।

हरियो वनपाखा बीचमा रहेको सितल यो ठाउँबाट माछापुछ्रे हिमालको श्रृंखला राम्रोसँग देखिन्छ । सुर्योदय र सूर्यास्थ हेर्न सकिन्छ ।

स्थानीयले ठूला खर्क भन्ने कास्कीको यो पहाडी डाँडाको नाम कसरी अष्ट्रेलियन क्याम्प रहन पुग्यो भन्ने कुरा रोचक छ ।

करीब ४० रोपनी जतिको यो ठाउँ खासमा लुम्ले, तान्चोकतिरका मानिसहरुको गाईबस्तु चराउने खर्क थियो । खेतिपाती नहुने यो ओसिलो ठाउँमा घाँस राम्रो हुने र पानी पनि भएकोले चरनको रुपमा प्रयोग गरिएको थियो । २०२२ सालतिरसम्म पोखरी पनि थियो ।

त्यही ताका केही विदेशीहरु आए, पोखरीको छेउमा टेन्ट गाडेर बसे । उनीहरु को थिए, किन आए र कता गए स्थानीयलाई थाहा भएन । पछि गाउँलेले थाहा पाए ती विदेशीहरु अष्ट्रेलियन रहेछन् । गाउँलेहरुले यसलाई अष्ट्रेलीयन क्याम्प भन्न थाले ।

अहिले यो पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । चार वटा पक्की होटल र एउटा टेन्ट रिसोर्ट छ । टेन्ट रिसोर्टलाई बुक गर्नुपर्ने हुन्छ । स्वदेशी घुमन्तेहरुको घुइचो लाग्छ ।
त्यसो त अहिले पनि त्यहाँ आउने विदेशीमा अष्ट्रेलियन नै धेरै हुन्छन् । जापानीज्, चाइनिज् र कोरियन पनि आउँछन् । यहाँबाट पर्यटकीय गाउँहरु घान्द्रुक, लान्द्रुक र धम्पुस पुग्न सकिन्छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…