January 12, 2020

नाट्टाका निर्वाचनका लागि धाख्वा समुह घोषणा

Natta Election

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेण्ट्स (नाट्टा) को आउँदो माघ ३ गते हुने निर्वाचनका लागि पूर्व महासचिव मिहीका शाह धाख्वाको समुहले औपचरिक रुपमा उम्मेदवारी घोषणा गरेको छ । आईतबार पत्रकार सम्मेलन गरि १५ सदस्यीय कार्यसमिति सहितको समुह घोषणा गरिएको हो ।

नाट्टाको ५३ औँ वार्षिक साधारण सभामा हुने निर्वाचनका लागि तीन समूहले उम्मेदवारी दिएका छन् । धाख्वा समुहबाट बरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिवमा कमला गुरुङ, सचिवमा अमृत ढकाल, कोषाध्यक्षमा देवकी गुरुङ र सह–कोषाध्यक्षमा फूडोमा शेर्पाले उम्मेदवारी दिएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा बिजय राई, सुजिता गजमेर, बिष्णु बस्नेत, सुवास महर्जन, सागर अधिकारी, भरतजंग पाण्डे, श्रृजना महर्जन र राजकुमार देबकोटाले उम्मेदवारी दिएका छन् ।

Natta Electionपत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका प्रत्यासी धाख्वाले परिवर्तनका लागि एकता भन्ने सन्देश दिनको लागि चुनावी मैदानमा उत्रिएको बताइन् । आफ्नो समुह व्यावसायिक र समावेशी रहेको उनले बताइन् । उनले भनिन्, ‘नाट्टालाई राजनीतिबाट मुक्त गराउने छु, पर्यटन बजारमा नाट्टाप्रति खस्कदै गएको शाख जोगाउने छु, पर्यटन क्षेत्रलाई विदेशी बजारमा स्थापित गराउने छु र नाट्टामा पर्यटन अध्यायन केन्द्र स्थापना गर्नेछु ।’

पर्यटन क्षेत्रका आफ्नो २० वर्ष भन्दा लामो अनुभव रहेको बताउँदै धाख्वाले नाट्टाको विकास र सबृद्धिको लागि निरन्तर लागि रहने बताइन् । धाख्वा जेनिथ एक्सपिरियन्स् ट्राभल सर्भिसकी सञ्चालिका हुन् ।

पत्रकार सम्मेलनमा महासचिवका प्रत्यासी कमला गुरुङले आफुहरुले निस्वार्थ भावले नाट्टाको नेतृत्वमा जान चाहेको बताइन् । उनले आफ्नो समुह १९ बुँदे नाट्टा सुधारका प्रतिबद्धता–पत्र साथ चुनावी मैदानमा उत्रिएको बताइन् । उनले पनि नाट्टालाई पर्यटन क्षेत्रमा एउटा उत्कृष्ट संस्थाको रुपमा स्थापित गराउने आफुहरुको अभियान रहेको बताइन् ।

गुरुङ ट्राभल लाइटका सञ्चालिका तथा गुरुङ पर्यटन ब्यवासयी संघका निर्वामन अध्यक्ष हुन् ।

धाख्वा समुहको प्रतिबद्धता

Natta Election

Natta Election

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…