January 13, 2020

चन्दनीमा ५६ हल गोरु जुधाइँदै

Bull Fight

काठमाडौँ । माघे सङ्क्रान्तिमा नुवाकोटको तारकेश्वर गाउँपालिका–३, चन्दनीमा गोरु जुधाई मेला हुने भएको छ । रसुवा नुवाकोट पर्यटन समाजले पत्रकार सम्मेलन गरी यस वर्ष ५६ हल गोरु जुधाइने कार्यक्रम रहेको जनकारी दिए ।

विगत लामो समयदेखि आयोजना गर्दै आएको मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । नेपालको मौलिक, परम्परा र सांस्कृतिक पर्वको संरक्षण र संवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षण गर्न गोरु जुधाइ आयोजना गरिएको समाजका अध्यक्ष बलराम न्यौपानेले जनाए ।

माघे सङ्क्रान्ति अवसरमा नुवाकोटको तारुकामा २२, रसुवा र नुवाकोटको सिमाना बेत्रावतीमा १२, धादिङको घलेगाउँमा ७ र धुँवाकोटमा १४ हल गोरु जुधाइने पनि अध्यक्ष न्यौपानेले बताए ।
Bull fight
समाजका महासचिव शिव अधिकारीले कार्यक्रमको लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको सहयोग रहेको बताए । उनले यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने उनले बताए । तारुकामा घरबासको पनि सुरुवात भएको उनले जनकारी दिए । मेलाले स्थानीय रूपमा उत्पादन हुने बस्तुको प्रवर्द्धनमा समेत सघाउ पुग्ने बताइएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…