January 13, 2020

नाट्टाको निर्वाचनमा पन्त समूह

Natta election ta
काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेण्ट्स (नाट्टा) को आउँदो चुनावका लागि पूर्व महासचिव भीमप्रसाद पन्त समूहले उम्मेदवारी घोषणा गरेको छ । उनको समूहले १५ सदस्यीय कार्यसमितिसहितको घोषणा गरेको हो ।

आगामी माघ ३ गते हुने नाट्टाको ५३ औँ वार्षिक साधारण सभामा हुने निर्वाचनका लागि तीन समूहले उम्मेदवारी दिएको छ ।

पन्त समूहबाट वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा वरुण मेहता, महासचिवमा सुधीर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ, सह–कोषाध्यक्षमा युविका भण्डारीले उम्मेदवारी दिएका छन् । त्यसै गरी कार्यसमितिका सदस्यहरूमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल (रेजु), सुवर्ण श्रेष्ठ, रामशोभित नायक, हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा र चूडा बहादुर जिम्बाले उम्मेदवारी दिएका छन् ।

अध्यक्षका प्रत्याशी पन्तले नाट्टा सुधारको विभिन्न एजेन्डासहित चुनावी मैदानमा आएको बताएका छन् । उनले भने, ‘व्यावसायिक मुद्दा स्थापित गराउन, नाट्टालाई पर्यटन ब्यवसयीहरुको साझा सङ्गठन बनाउन, नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न, नेपाल पर्यटन बोर्ड र पर्यटन व्यवसायीहरूको सम्बन्ध जीवन्त राख्न, पर्यटन व्यवसाय र केन्द्र तथा प्रदेश सरकारबीच समन्वय गरी व्यवसायी मैत्री ऐन कानुनहरू निर्माण गर्न र पर्यटन क्षेत्रलाई राष्ट्रिय उद्योगको रूपमा चिनाउने मेरो लक्ष्य रहेको छ ।’

नाट्टाको विकासमा सधैँ केन्द्रित हुने बताउँदै सम्पूर्ण सदस्यहरूको हित र अधिकारको लागि निरन्तर लागि रहने उनको भनाई छ । पन्त म्याग्नीफिसेन्ट ट्राभल एन्ड टुर्स प्रालिका सञ्चालक हुन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…