January 14, 2020

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा दिन माग

काठमाडौं– नेपाल मगर सङ्घले माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा दिन माग गरेको छ । सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नवीन रोका मगरले माघे सङ्क्रान्ति मगर समुदायलगायत समस्त नेपालीको चाड भएकाले सार्वजनिक बिदा दिन माग गरे ।

माघे सङ्क्रान्तिको अवसरमा चारवटा प्रदेशका सरकारले सार्वजनिक बिदा दिएका छन् । माघे सङ्क्रान्तिको अवसरमा दिंइदै आएको सार्वजनिक बिदा कटौती गरेर सरकारले जनजातिमाथि अन्याय गरेको उनको भनाइ थियो ।

यसैबीच मगर सङ्घले माघे सङ्क्रान्तिको अवसरमा आगामी माघ १ र २ गते काठमाडौँको टुँडीखेलमा ‘माघे सङ्क्रान्ति राष्ट्रिय चाड शुभकामना आदानप्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’ आयोजना गरेको छ । महोसत्वको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने बताइएको छ ।

महोत्सवमा मगरको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक वेशभूषा, मौलिक खानपिनको प्रदर्शनी, धनुष बाण हान्नेलगायत कार्यक्रम गरिने सङ्घले जनाएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…