January 14, 2020

नाट्टा निर्वाचन: रिसेप्सनिष्ट हुँदै निर्देशक बनेका पन्त

  • वेद गुरुङ

Natta Election

काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेण्ट्स (नाट्टा) को आउँदो माघ ३ गते हुने निर्वाचनका लागि अध्यक्षका दाबेदार मध्येका एक हुन्, म्याग्नी फिसेन्ट ट्राभल एन्ड टुर्स प्राइभेट लिमिटेडका सञ्चालक भीम प्रसाद पन्त ।

नाट्टामा उम्मेदवारी दिएका तीन समूह मध्ये एक समूहको नेतृत्व उनले गरेका छन् । यसअघि उनी एक कार्यकाल नाट्टाकै सदस्य र एक कार्यकाल महासचिव भइसकेका छन् ।

सन् १९६९ मा धादिङको गजुरीमा जन्मेका उनी लामो समयदेखि यस क्षेत्रमा छन् । गाउँको पढाई सकेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ आएका पन्तले पढाइसँगै काम सुरु गरेका थिए । पढ्दै काम गर्ने क्रममा आइसल्यान्ड होटेलमा काम सुरु गरेका पन्तले पछाडि फर्केर हेर्नु परेन । होटेलको रिसेप्सनिष्टको रूपमा काम सुरु गरेका पन्त छ/छ महिनामा प्रमोसन भएर पछि निर्देशकसम्म भए ।

काम गर्दै जाने क्रममा उनले सन् १९९६ म म्याग्नी फिसेन्ट ट्राभल एन्ड टुर्स प्राइभेट लिमिटेड खोलेर आफ्नै ट्राभल व्यवसायमा सुरु गरेका हुन् । हुन त उनी यसअघि पनि यही व्यवसायसँग आबद्ध थिए ।

‘अहिलेसम्म यसैमा रमाइरहेको छु, यसैको विकास र विस्तारको लागि लागि रहने हो । भविष्यमा पनि यही क्षेत्रका रहेर काम गरी रहनेछु’ उनी भन्छन् ।

उनको आफ्नै बुझाइमा व्यवसायीको छाता सङ्गठनमा पहिले पनि काम गरेको अनुभवका कारण यसपालि अध्यक्षमा उम्मेदवारी दिएका हुन् । सन् २०१० देखि २०१२ सम्म एक कार्यकाल नाट्टा कार्यसमितिको सदस्य र सन् २०१६ देखि २०१८ सम्म महासचिव भएर काम गरेको अनुभव पन्तसँग छ ।

नाट्टाको अध्यक्ष भएमा उनले निम्न काम गर्ने बताएका छन्:

  • नाट्टालाई पर्यटन ब्यवसयीहरुको साझा सङ्गठन बनाउने
  • नेपाल भ्रमण वर्ष २०२० लाई घनिभूत रूपमा सफल पर्न पहल गर्ने
  • नेपाल पर्यटन बोर्ड र पर्यटन व्यवसायीहरूको सम्बन्ध जीवन्त राख्ने
  • पर्यटन व्यवसायी र संघीय पर्यटन मन्त्रालय र प्रदेश पर्यटन मन्त्रालयसँग समन्वय गरी व्यवसायी मैत्री ऐन कानुनहरू निर्माणमा जोड दिने
  • नेपालको आर्थिक विकासको एउटा स्तम्भको रूपमा पर्यटन क्षेत्रलाई उभ्याउन र राष्ट्रिय उद्योगको रूपमा चिनाउने
  • नाट्टाको संस्थागत विकासलाई अझ मजबुत बनाउने

टिमका सदस्यहरू

वरिष्ठ उपाध्यक्ष: विनय बस्नेत
उपाध्यक्ष: वरुण मेहता
महासचिव: सुधीर कुमार उपाध्याय
सचिव: जिस्वा तुलाधर श्रेष्ठ
कोषाध्यक्ष: हरिभक्त श्रेष्ठ
सह–कोषाध्यक्ष: युविका भण्डारी
सदस्यहरू: लक्ष्मी कार्की अधिकारी, गीता ढकाल(रेजु), सुवर्ण श्रेष्ठ, रामशोभित नायक, हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा र चुडा बहादुर जिम्बा

यो पनि: नाट्टाको निर्वाचनमा पन्त समूह

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…