‘सोचेभन्दा धेरै फरक रहेछ नेपाल’
कोरियाली चित्रकारको नेपाल अनुभव, 'नेपालको कला, संस्कृति र सम्पदा विश्वकै उत्कृष्ट'
काठमाडौं । चित्रकला प्रदर्शनीमा पहिलो पटक नेपाल आएका दुई कोरियाली चित्रकारले नेपालको कला, संस्कृति र सम्पदाको खुलेर प्रसंशा गरेका छन् ।
हालै राजधानीमा सम्पन्न कोरिया–नेपाल २०२० चित्रकला प्रदर्शनीमा कोरियन चित्रकारहरु रिम योङ्ग तेक र फार्क हेङ्ग सुन सहभागी हुन नेपाल आएका थिए । नेपाल कोरिया कल्चर सेन्टरले जनवरी ८ देखि १५ सम्म काठमाडौंमा गरेको चित्रकला प्रदर्शनीमा पाँच नेपाली र चार कोरियन चित्रकारको चित्र प्रदर्शनीमा राखिएको थियो ।
प्रदर्शनीमा कोरियन चित्रकारहरु रिम र फार्कका साथै डु सियोङ्ग, हेङ्ग सुन र डु हे जङ्गका चित्रहरु राखिएको थियो भने नेपाली चित्रकारहरुमा धनु याक्खा, नर बहादुर वि.क, लालकाजी लामा, प्रमिला परियार वि.क. र जेनी घलेका चित्रहरु प्रदर्शनीमा थिए ।
‘बाहिरबाट सुनेको र यही आएर हेरेको नेपाल धेरै फरक पाएँ’ चित्रकला प्रदर्शनीकै बेला काठमाडौं उपत्यकाका सम्पदा क्षेत्रहरु घुमेका कोरियन चित्रकार ६९ वर्षीय फार्क हेङ्ग सुन र ७४ वर्षीय रिम योङ्ग तेकले हाइलाइट्स टुरिजमसँग भने, ‘नेपालका सम्पदा क्षेत्र घुमेर कलाकृतिहरु हेर्न पाउँदा म धेरै हर्षित छु ।’
उनीहरुले पशुपतिनाथ, स्वयभु, बौद्ध, पाटन दरबार क्षेत्र र भक्तपुर दरवार क्षेत्रको अवलोकन गरेका थिए ।
चित्रकार रिमले नेपाल आउन पाएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘नेपालको संस्कृति, कला र कौशल निकै उत्कृष्टि लाग्यो । मलाई यहाँ आउनु अघिसम्म नेपालको संस्कृति र सम्पदाका बारेमा खासै थाहा थिएन । सोचे भन्द धेरै धनी रहेछ नेपाल ।’
उनले भक्तपुर, पाटन र स्वयम्भुलगायतका क्षेत्रहरु घुमेपछि आफुलाई छक्क लागेको पनि बताए । ‘यि सम्पदाहरुलाई संरक्षण र संबर्द्धन गर्दै विश्व सामु चिनाउन सके अझ राम्रो हुन्छ’ उनी थप्छन् ।
रिम र फार्कले नेपालको हिमालले पनि त्यतिकै तानेको बताए । ‘हिमाल देखेपछि फेरी आउ–आउ लाग्यो । हिमाल हेरेर सपनामा हराए जस्तो अनुभव भयो’ रिमले भने । नगरकोटबाट सनराईस र सनसेटसहितको हिमाल हेर्न भ्याएका यि कोरियाली चित्रकाहरुले आनन्द अनुभव गरेको सुनाए ।
यि दुई चित्रकारको नेपाल भ्रमणको चाँजो मिलाएका कोरियाली कवि किम ह्योङ ह्योले दुवै जनाले नेपालको संस्कृति, कला, सम्पदा, प्रकृति र मान्छेको व्यवहारको दुवै जनाले प्रसंशा गरेको बताए । ‘म आफै घुम्दै हिड्दा ३० मिनेटमा सकिने ती स्थानहरु उहाँहरुले कम्तीमा तीन घण्टा विताए’ उनले भने ।
नेपाललाई ससुराली बनाएका किम कहिले पर्यटकका रुपमा कहिले कलाकार त कहिले चित्रकार, कहिले साहित्यकारहरु लिएर नेपाल आइरहन्छन् । उनीहरु सहभागी गराएर कार्यक्रमहरु गर्छन् र सम्पदा क्षेत्रहरुमा घुमाउँछन् । त्यसरी नै किम नेपाली कलाकार, चित्रकार तथा साहित्यकारहरुलाई पनि कोरिया लगेर कार्यक्रमहरुमा सहभागी गराई रहन्छन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…