बेल्जियमका पर्यटक बढ्ने
चितवन– बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले भ्रमण वर्षमा बेल्जियमबाट गत वर्षभन्दा दोब्बर पर्यटक भित्र्याउने गरी गतिविधि भइरहेको बताएका छन् । नेपाल आएका राजदूत थापाले बुधबार यहाँ पत्रकारसँग कुराकानी गर्दै गत वर्ष त्यहाँका सात हजार ५ सय पर्यटकले नेपाल भ्रमण गरेको बताए ।
जनवरी १ मा ठाउँठाउँमा ब्रोसर बाँडिएको, अघिल्लो दिन क्रिश्चियन बजारमा प्रचार गरिएको, हरेक हप्ताजसो विभिन्न सहरमा भ्रमण वर्षका कार्यक्रम गरिँदै आएको, त्यहाँ हुने विभिन्न कार्यक्रममा राजदूतावासले सहभागिता जनाइ भ्रमण वर्षको निम्तो र प्रचार गरिरहेको उनले जानकारी दिए ।
नेपालीको बसोबास रहेको समुदायले कुनै एक कार्यक्रम गर्ने गरी गतिविधि गरिरहेको, नेपाली रेष्टुराँमा भ्रमण वर्षको लोगो अङ्कित स्टिकरहरु टाँसिएको उनले जानकारी दिए । जनवरी ७ मा औपचारिकरूपमा भ्रमण वर्षको त्यहाँ शुभारम्भ गरिएको थियो । राजदूतावासले एन्टोपेन सहरमा अहिले भइरहेको ‘टुरिज्म फेस्टिबल’मा सहभागिता जनाएर प्रचार गरिरहेको छ । फेब्रुअरी ६ मा ब्रसेल्समा हुने होलिडे कार्यक्रममा सहभागिता जनाउने राजदूत थापाले बताए।
बेल्जियमका बासिन्दा अफ्रिका, लावस, भियतनाम, कम्बोडिया, थाइल्याण्ड, सिङ्गापुर जाने धेरै हुने गरेको भन्दै उनीहरुलाई नेपालतर्फ आकर्षण गर्न राजदूतावास लागिरहेको राजदूत थापाले बताए । गैरआवासीय नेपाली महासङ्घका सहकोषाध्यक्ष लोक दाहालले बेल्जियमलगायतका देशमा भ्रमण वर्षको प्रचार भइरहेकाले पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरे । बेल्जियमकी राजकुमारी एस्ट्रीडको अहिले भइरहेको भ्रमणले भ्रमण वर्षमा नेपाल पर्यटक भित्र्याउन थप मद्दत पुग्ने उनले बताए ।
एनआरएनए बेल्जियमका पूर्वमहासचिव दाहालले गत वर्षको भन्दा दोब्बर बढी पर्यटक बेल्जियमबाट भित्र्याउन आफूहरु लागिपरेको बताए । बेल्जियममा आठ हजार हाराहारी नेपाली छन् । बेल्जियमको जनसङ्ख्या एक करोड २० लाख छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…