February 5, 2020

निजगढ विमानस्थल पाँच वर्ष भित्र : मन्त्री भट्टराई

'पाँच वर्ष पछि वार्षिक एक करोड पर्यटक आउँछन्'

वेद गुरुङ

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल अर्जुनदृष्टिको रुपमा रहेकोले कुनै पनि हालतमा निर्माण गरिने बताएका छन् ।

नागरिक उड्ययन प्राधिकरणले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टाराईले सरकारको अहिलेको मिसन नै ‘कनेक्टीभिटि’मा रहेकोले निजगढ विमानस्थल पाँच वर्षभित्र निर्माण सम्पन्न गरिने बताए ।

‘गेम चेन्जर’को रुपमा रहेको निजगढ विमानस्थल जसरी पनि निर्माण गरिने उनको भनाई रहेको छ । उनले भने, ‘सरकारको हवाई, रेल, पानीजहाजमा जोड रहेको छ । प्रधानमन्त्रीको चाहना अनुरुपमा कसरी कनेक्टिभिटी बढाउन सकिन्छ त्यसमा लागि रहेको छौ ।’

पाँच वर्षमा फड्को मार्ने गरि काम गरिरहेको मन्त्री भट्टराईले बताए । उनले भने, ‘पोखरा, गौतमबुद्ध र निजगढ विमानस्थलको काम सम्पन्न गरि ब्यवसायिक रुपमा अगाडि बढाउन सकिन्छ । वार्षिक एक करोड पर्यटक नेपाल घुम्न आउने बनाउन काम गरिरहेको छु ।’

सरकारको लक्ष्य नै विकासको पूर्वाधार निर्माणमा रहेकोले यसका लागि स्थानीय, प्रदेश र संघीय सरकार मिलेर काम द्रुत गतिमा काम भइरहेको मन्त्री भट्टराईले बताए । नेपालका ५४ वटै विमानस्थलमा पूर्वाधार निर्माण बढाइ रहेको समेत उनले बताए ।

कार्यक्रममा प्राधिकरणले विगत दुई वर्षमा हवाई क्षेत्रमा गरेको प्रगति बारे कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा पाँचवर्ष भित्रमा निर्माण हुने आयोजना बारे जानकारी गराइएको थियो ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…