झ्याँकुमा हिमाल हेर्दै बुद्ध
- जीवन लामा
दोलखा । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गौरीशंकर गाउँपालिका वडा नम्बर ४ झ्याँकुमा बुद्धको मूर्ति स्थापना गरेको छ । ८ फिट अग्लो बुद्धको मूर्तिले गाउँपालिकाकै गौरवको विषय बनेको छ ।
सबैको मुहारमा खुशी छाएको छ । गाउँपालिका र स्थानीयको सहयोगमा स्थापना गरेको बुद्धको मूर्ति बौद्ध धर्मलम्बीहरुको मात्र नभई सबै जातजाति र धर्मलम्बीहरुको लागि नमूना सावित भएको छ । गाउँपालिकाबाट पाँच लाख र विभिन्न व्यक्ति, संघसंस्थाहरुबाट सहयोग संकलन गरी मूर्ति स्थापना गरेको हो । साल्दामेन्दो समाज परिवार झ्याँकुको पहलमा बुद्धको मूर्ति स्थापनापश्चात धेरै बौद्ध धर्मलम्बीहरु यसप्रति आकर्षित भएका छन् ।
दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा गौरीशंकर हिमाल, च्छोरोल्पा हिमताल, चेर्दुङ, हनुमन्तेडाँडा र सोत्तलीडाँडा पर्यटकीय गन्तव्य बनेको छ । प्राकृतिक सुन्दरताको साथै सांस्कृतिक तथा धार्मिक हिसाबले पनि यस गाउँपालिका धेरै धनी छ । यस पालिकामा बौद्धधर्मलम्बीहरु बढी मात्रमा बसोबास रहेको पाईन्छ । यहाँ तामाङ, शेर्पा, गुरुङ, नेवार, भुजेल, जिरेल, सुरेल, मगर र थामी जातिको बसोबास रहेको छ । यिनै आदिवासी जनजातिहरुको कला, संस्कृति र धार्मिक सम्पदाले यस गाउँपालिका अरुभन्दा फरक पनि रहेको छ ।
दोलखाको सदरमुकाम चरिकोटबाट सिंगटी बजार पुग्न ३५ किलोमिटर पक्की सडकको व्यवस्था छ । सिंगटी बजारबाट भोर्लेहुँदै तिनेखुबाट झ्याँकुमा पुग्न सकिन्छ । सिंगटीबाट करिव १५ किलोमिटरको दुरीमा झ्याँकु पुग्न सकिन्छ । ट्रेकिङको लागि हो भने सिंगटीबाट २ घण्टाको हिडाईपछि पुग्न सकिन्छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ४ झ्याँकु यार्सास्थित स्थापना भएको बुद्धको मूर्ति अवलोकन मात्र नभई तामाङ जातिको कला, संस्कृति र पराम्पराको विषयमा दैनिक जसो विभिन्न कार्यक्रमहरु नियाल्न सकिन्छ । तामाङ सेलो, तामाङ झाँक्री र लामाहरुको आफ्नै नाच, संस्कृति रहेको छ । विभिन्न चाडपर्वको साथै पाहुनालाई स्वागत गर्नको लागि यहाँका तामाङ समुदाय लागि पर्ने गर्छन् । तामाङ खानपिनको साथै तामाङ संस्कृति प्रदर्शनबाट पनि यहाँको बुद्धको मूर्तिको प्रचारप्रसारमा साथ दिने विश्वास स्थानीयको छ ।
झ्याँकुको १ देखि २ दिनसम्मको बसाईपछि चेर्दुङको यात्रा तय गर्न सकिन्छ । यहाँबाट बिहानै हिडेपछि करिव ५ घण्टामा फेदीमा पुग्न सकिन्छ । फेदीमा अर्गानिक खानाको व्यवस्था हुन्छ । चौरीको दूध र ढिडो यहाँको विशेष खाना हो । बिहानको खानापछि छहारे गुफाहुँदै ३७९० मिटर उचाईमा रहेको चेर्दुङको दृश्यावलोकन गर्न सकिन्छ ।
झ्याँकुबाट शेर्पाहरुको मात्र बस्ती रहेको सेराकाप्ती हुँदै जिरी पुग्न सकिन्छ । ट्रेकिङ रुटको व्यवस्था छ । करिव ५ घण्टाको सुन्दर मनोरम दृश्यावलोकन गर्दै जिरीमा बास बस्न सकिन्छ । यस क्षेत्रमा गुराँस, वन्यजन्तु, चराचुङ्गी आदि सजिलै नियाल्न सकिन्छ । गौरीशंकर हिमाल नजिकैबाट देखिन्छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…