February 11, 2020

एशियन फेस्टिबलमा भ्रमण वर्षको प्रचार

काठमाडाैं– जापानका गैरआवसीय नेपालीहरुले एशियन फेस्टिबलमा नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को प्रचार प्रसार गरेका छन् ।

फेब्रुअरी ८ र ९ मा टोकियोको इकेबुकुरो ग्लोबल रिंग पार्कमा आयोजित दुई दिने फेस्टिबलमा एनआरएनए जापानले नेपालको कला संस्कृति र पर्यटकीयस्थल बारे प्रचार गरेको हो ।

उक्त फेस्टिबलमा एशियाका बिभिन्न देशका कला संस्कृतिसँगै नेपालका बिभिन्न जातजातीका सांस्कृतिक प्रस्तुति गरिएको थियो । कार्यक्रममा भ्रमण वर्ष २०२० का प्रचार सामाग्री वितरण समेत गरिएको थियो ।

कार्यक्रममा गैर आवासीय नेपालीसँगै विभिन्न पेशामा आवद्ध नेपालीले सहभागिता जनाएको एआरएनए उपाध्यक्ष अनिता गुरुङले बताइन् । यसले कार्यक्रमले जापानमा रहेका नेपालीमात्रै नभइ अन्य मुलुकका नागरिकलाई पनि एकपटक नेपाल घुम्नै पर्ने सन्देश गएको गुरुङले बताइन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…