खप्तड क्षेत्रमा हिमपात
डोटी– बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा आज बिहानदेखि हिमपात भएको छ । योसहित यहाँका पहाडी जिल्लामा छैटौँपटक हिमपात भएको हो ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै शुक्रबार बिहानदेखि हिमपात सुरु भएको खप्तडमा तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ ।
गत माघ २० गते परेको हिउँ पग्लिन नपाउँदै फेरि शुक्रबार हिमपात भएपछि जनजीवन प्रभावित बनेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।
बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा आज बिहानदेखि फेरि हिमपात शुरु भएको बताइएको छ । खप्तडस्थित झिग्राना, पानीखाल, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…