खोकनामा संस्कृति र सम्पदाको जीवन्त प्रदर्शनी
काठमाडौँ । आदिवासी नेवारको पुरानो बस्ती खोकनामा पर्यटन महोत्सव सुरु भएको छ । ललितपुर महानगरपालिका–२१ मा रहेको यो बस्तीलाई पर्यटकीय रूपमा प्रवर्द्धन गर्न आयोजित तीन दिने महोत्सवको शुक्रवार गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरे ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर आयोजना गरिएको महोत्सवमा खोकनाको प्राचीन एवं मौलिक संस्कृति, सम्पदा, नेवारी खाना र खाजाका परिकार मुख्य आकर्षणका रूपमा रहेका छन् ।
स्थानीय जीवनशैली, रहनसहन र वेशभूषाका अतिरिक्त स्थानीय सीप र कलाको समेत प्रत्यक्ष अवलोकन र अनुभव गर्न सकिने गरी महोत्सवमा प्रदर्शन गरिएको छ । खोकनालाई पहिचान दिलाएको तोरीको तेललाई पनि प्रदर्शनीमा आकर्षणको रूपमा प्रस्तुत गरिएको छ ।
उद्घाटनका क्रममा गृहमन्त्री थापाले सरकार समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्यको साथ अगाडि बढिरहेको उल्लेख गर्दै सरकारको यो लक्ष्य पुरा गर्ने महत्त्वपूर्ण आधार पर्यटन रहेको बताए ।
‘नेपाली जनताको चाहना भनेको सुख र समृद्धि नै हो, देशमा पर्यटन व्यवसाय फस्टायो भने समृद्धि आउनेछ । यस्ता महोत्सवले पर्यटनको विकास र प्रवर्द्धनमा काम गर्नेछ’ उनले भने ।
महोत्सव आयोजक समितिका संयोजक तथा ललितपुर महानगरपालिका–२१ का वडा अध्यक्ष रविन्द्र महर्जनले भूकम्प पछिको खोकनाको अवस्था बारे जानकारी दिन तथा संस्कृति, सम्पदा र कलामार्फत खोकनाको पहिचान उजागर गर्न महोत्सवको आयोजना गरिएको बताए ।
पर्यटन वर्षलाई लक्षित गरी महोत्सवको आयोजना गरिएकोले खोकनालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिनुपर्ने वडा अध्यक्ष महर्जनको जोड थियो । ‘महोत्सवमा विभिन्न स्टलहरू राखिएका छन् । उनले महोत्सवमा खोकनाका जनताले दैनिक जीवन यापन, संस्कृति, सम्पदा र पुरातात्त्विक कुराहरूका साथै नेवारी खाजा, खाना तथा नेवार समुदायले प्रयोग गर्ने चिजबिजहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिएको बताए ।
खोकना जावलाखेलबाट आठ किलो मिटर दक्षिण–पश्चिममा पर्ने पुरानो नेवार समुदायको मौलिक बस्ती हो । महोत्सवको कुल बजेट ललितपुर महानगरपालिकाले १२ लाख ५० हजार, प्रदेश सरकारबाट २ लाख ५० हजार, ललितपुर महानगरपालिका–२१ वडाबाट ५ लाख गरी २० लाख रुपैयाँको रहेको पनि महर्जनले बताए ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…