February 23, 2020

बन्दीपुर पर्यटन विकास समितिको अध्यक्षमा प्रधान

दमौली– बन्दीपुर पर्यटन विकास समितिको अध्यक्षमा किसान प्रधान निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न नयाँ कार्यसमितिको निर्वाचनले समितिको उपाध्यक्ष कर्णबहादुर श्रेष्ठ, सचिव वसन्त पौडेल, कोषाध्यक्ष फूलमति थापा र सदस्यमा सुरज श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, हरिशचन्द्र भट्टराई, राजाराम प्रजापति, हितमान गुरुङ, अशोक गुरुङ र तेजेन्द्र बानियाँ चयन गरेको छ ।

दुई साताअघि समितिको अधिवेशन भए पनि कार्यसमिति चयन हुन सकेको थिएन । सर्वसम्मत रुपमा पदाधिकारी र सदस्य टुङ्गो लागेको हो । नवनिर्वाचित अध्यक्ष प्रधानले बन्दीपुरलाई देश तथा विदेशमा चिनाउने, पूर्वाधार निर्माणमा जोड दिने प्रतिबद्धता जनाए । उनले गाउँपालिकाभित्रका पर्यटकीय गन्तव्यलाई पर्यटनमैत्री बनाउने वातावरण सिर्जना गर्न सरोकारवालासँग सहकार्य गर्ने बताए ।

बन्दीपुर गाउँपालिकाले बन्दीपुरको विकासका लागि बीस वर्षे गुरुयोजना बनाएर अगाडि बढेको छ । गाउँपालिकाले सारेको योजनामा समितिले साथ दिने नवनिर्वाचित सचिव पौडेलले बताए।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…