February 23, 2020

महिला हिंसाविरुद्ध पद्मकन्याका विद्यार्थीको साइकल र्‌याली

काठमाडाैं– महिला हिंसाविरुद्ध जनचेतना जगाउन र पर्यटन प्रबर्द्धन गर्न साइकल र्‌याली गरिएको छ । शनिबार पद्मकन्या कलेजमा अध्ययनरत बिबिएम ७ औं सेमेस्टरका विद्यार्थीको आयोजनामा साइकल र्‌याली गरिएको हो ।

महिल हिंसाविरुद्ध ¥याली आयोजना गरे पनि यसले अन्तरिक पर्यटन प्रवर्द्धन र प्रचार प्रसारमा सहयोग पुगेको साइकल र्‌यालीका कोर्डिनेटर योगेन्द्रसिंह बस्न्यातले बताए । र्‌यालीका मध्यमबाट महिला हिंसाविरुद्ध जनचेतना फैलाउने, वातावरण सरसफाई सम्बन्धी चेतना जगाउने, पर्यटनको प्रचार गर्ने र स्वास्थ जीवनका लागि साइकल चलाउन भन्ने रहेको बस्न्यातले बताए ।

भ्रमण वर्ष २०२० लाई सफल बनाउन साइकल र्‌यालीले महत्वपूर्ण योगदान गर्ने भएकोले यसका लागि छुट्टै साइकल लेन विकास गरिनु पर्ने उनको भनाइ छ । ‘साइकलबाट पर्यटनको प्रचार गर्न सस्तो, ट्राफिक जाम, प्रदूषण कम हुने, स्वास्थ्यका लागि राम्रो हुने भएकले यसका निकै फाइदा छन् । सरकारले ध्यान दिन सके यसबाट आर्थिक क्षेत्रको विकास र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्छ,’ बस्न्यातले भने ।

महिला हिंसाविरुद्ध जनचेता फैलाउन र भ्रमण वर्षलाई सहयोग गर्न लागि साईकल र्‌यालीको अयोजना गरिएको बिबिएम ७ औं सेमेस्टर अध्ययनरत छात्रा सविता ओलीले बताइन् । ‘नेपालमा महिला माथि एसिड आक्रमण, रेप, दुर्व्यवहार कम गराउनका लागि सचेतना जगाउने हो,’ उनले भनिन्, ‘भ्रमण वर्षको प्रचार–प्रसार गर्न पनि र्‌यालीले सघाउ पुगेको छ ।’

साइकल यात्रामा बिबिएम ७ औं सेमिस्टरका विद्यार्थीसँगै बाहिरी साइकल यात्री गरि २ सय जनाको सहभागिता रहेको विद्यार्थी तारा जैसवालले बताइन् ।

पद्यकन्या कलेजबाट सुरु भएर भएको र्याली पुतलीसडक, अनमनगर, बबरमहल, माइतीघर मण्डल, थपाथली, पुल्चोक हुँदै पाटन दरबार स्क्वायर पुगेर त्रिपुरेश्वर दशरथ रंगशाला, न्यूरोड, बसन्तपुर, जमल हुँदै पद्यकन्या कलेजमा आएर सकिएको थियो ।

विश्व सम्पदामा सूचिकृत ललितपुरको पाटन र बसन्तपुर दरबार स्क्वायर दुई सांस्कृतिक हेरिटेजलाई साइकल र्‌यालीका मध्यमबाट जोडेर  प्रचार भएको विद्यार्थी स्मृति तिवारीले बताइन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…