यही फागुन १७ देखि २० मा सुकुटे महोत्सव हुँदै
काठमाडौँ । सिन्धुपाल्चोकको सुकुटेमा आउँदो फाल्गुन १७ गतेदेखि २० गतेसम्म प्रथम सुकुटे महोत्सव २०७६ हुने भएको छ । सिन्धु पर्यटन व्यवसायी सङ्घले उक्त महोत्सवको आयोजना गरेको हो ।
नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा आयोजना हुन लागेको महोत्सवको सबै तयारी पुरा भएको आयोजक समितिका संयोजक तथा सङ्घका अध्यक्ष नारायण श्रेष्ठले बताए । भोटेकोशी र सुनकोसी नदी विश्वको उत्कृष्ट दश र्याफ्टिङ नदी मध्येमा पर्ने उल्लेख गर्दै सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नको लागि महोत्सवको आयोजना गरिएको उनले बताए । ‘सिन्धुपाल्चोकको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको प्रचार प्रसार गर्न सुकुटे कोरिडोर महोत्सव आयोजना गर्न लागिएको हो’ उनले भने ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार स्थानीय उत्पादन, स्थानीय संस्कृति, जलयात्रा तथा नदी संरक्षणलगायतलाई प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिएको अध्यक्ष श्रेष्ठको जनकारी दिए ।
सिन्धुपाल्चोकमा बञ्जीजम्प, र्याफ्टिङ, जेट बोर्ड, प्याराग्याइडिङ, पर्वतारोहण र होमस्टेको मध्यमबाट पर्यटकीय गतिविधि भइरहेका छन् ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिनुका साथै र्याफ्टिङ, प्याराग्लाईडिङ, साइक्लिङ, तामाङ सांस्कृतिक झाँकी, धिमे बाजा, तेक्वान्दो, बिच भलिबल र फुटबल प्रतियोगितालगायतका विविध कार्यक्रम हुने बताइएको छ ।
महोत्सवको खर्च ३० लाख अनुमान गरिएको छ भने ५ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको दाबी रहेको छ । महोत्सवमा स्वदेशी र विदेशी गरी २० हजार जनाले सहभागिता जनाउने पनि उल्लेख गरिएको छ ।
कार्यक्रमको उद्घाटन नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने छन् भने समापन सभामुख अग्निप्रसाद सापकोटाले गर्ने आयोजकले जनाएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…