February 24, 2020

टासीको आत्मविश्वास

Breathless winter Everest Speed Climbing

काठमाडौँ । सगरमाथामा अनेक खालमा रेकर्ड राखिएका छन् । यही होडमा टासी लाक्पा शेर्पा र उनको टिमले पनि अर्को रेकर्डको जमर्को गरेको छ । सोमबार टासीसहित चार जनाको टोली हिउँदे याममा सगरमाथाको छिटो आरोहणको लागि त्यसतर्फ लागेका छन् ।

उनीहरू लक्ष्य पाँच दिनमा सगरमाथाको सफल आरोहण गर्ने रहेको छ । ‘असामान्य सिजनमा पाँच दिनमा सगरमाथाको आरोहण गरेर नयाँ कीर्तिमान राख्ने हाम्रो योजना हो’ टासीले भनेका छन् । यसअघि दुई समूहले मात्र हिउँदे सिजनमा सगरमाथाको आरोहण गरेको रेकर्ड छ । त्यस मध्ये सन् १९८० मा जापानी र १९९३ मा पोलिस आरोहीहरूले कम्तीमा दुई महिना लगाएर सगरमाथा आरोहण गरेका थिए ।

आरोही टोलीका नेता टासी, पासाङ नुर्बु शेर्पा, हालुङ जोर्दी शेर्पा र मिङतेम्बा शेर्पा रहेका छन् ।

‘ब्रेथलेस् विन्टर एभरेस्ट स्पिड क्लाईभिङ क्याम्पियन’ नाम दिइएको यो आरोहणले नेपाल भ्रमण वर्षको प्रवर्द्धन हुने अपेक्षा राखिएको टासीले बताए । साथै उनले शेर्पा समुदायको नयाँ वर्षको ल्होसारको अवसर पारेर सगरमाथातर्फ गएको पनि जनाएको छ ।

टासी बि.स‌ं. २०६२ मा १९ वर्षको उमेरमा सबैभन्दा कम उमेरमा र विना अक्सिजनमा सगरमाथा आरोहण गरेर गनिजि वर्ल्ड रेकर्ड राखेका व्यक्ति हुन् ।

यो टोलीले फेब्रुअरी २९ तारिखका दिन सगरमाथाको चुचुरोमा पाइला टेक्ने योजना बनाएको छ । उनीहरूको कार्यपालिका अनुसार सोमबार काठमाडौँबाट लुक्ला हुँदै हेलिकप्टरमा ५३ सय ८० मिटर उचाइमा रहेको सगरमाथा आधार शिविर पुग्नेछन् । मङ्गलवार आधार शिविरबाट ६४ सय मिटर उचाइमा रहेको दोस्रो शिविर, बुधवार ७९५० मिटर उचाइमा पर्ने चौथौँ शिविर, बिहीबार ८८४८ मिटर उचाइको चुचुरोमा पाइला राख्ने छन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…