February 26, 2020

ऐतिहासिकस्थल मुसिकोट दरबार

रुकुम (पश्चिम) को ऐतिहासिकस्थल मुसिकोट दरबार क्षेत्र ।

मुसिकोट नगरपालिका–४ स्थित मुसिकोट दरबार पर्यटकको रोजाइमा पर्न थालेको छ । दरबार संरक्षणको प्रयास गरिए पछि यहाँ पर्यटक बढेका छन् ।

मुसिकोट दरबार क्षेत्रमा मुसिको प्रतिमूर्ति

सशस्त्र द्वन्द्वको समयमा करीब पाँच वर्ष नेपाली सेनाले यो डाँडामा अस्थायी क्याम्प बनाएको थियो । शान्ति प्रक्रियापछि सेनाको क्याम्प यहाँबाट हटाइएको छ ।

रुकुम (पश्चिम)को मुसिकोट दरबार क्षेत्रमा रहेको बँदेल गुफा ।

अघिल्लो वर्ष यहा पुग्ने सडक बनेपछि मुसिकोट डाँडा घुम्न आउने पर्यटकलाई सहज भएको छ । दुई हजार ५० वर्गमिटर क्षेत्रफलमा फैलिएको यो डाँडाको चारैतिर तारजाली लगाइएको छ । डाँडाभित्र ऐतिहासिक मठ मन्दिर, त्रिशूल, बालउद्यान, मुसी, बँदेलगुफा, नागको प्रतिमालगायतको अवलोकन गर्न सकिन्छ ।

मुसिकोट दरबार क्षेत्र ।

 

सबै तस्बिर : रत्न श्रेष्ठ/रासस

 

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…