कोरोना भाइरसको प्रभावबारे यसो भन्छन्, पर्यटन व्यवसायी
- वेद गुरुङ
काठमाडौँ । चीनबाट फैलिएको कोरोना भाइरसले विश्व व्यापी प्रभाव पारेको छ । यसले विशेष गरेर पर्यटन उद्योगलाई प्रभावित बनाएको छ ।
अझ नेपालले नेपाल भ्रमण वर्ष २०२० सुरु गरेकै बेलादेखि सुरु भएको कोरोना भाइरसको प्रभावले त्यसमा पनि अन्योलता ल्याइदिएको छ । पर्यटन तथा होटल व्यवसायीहरुले पछिल्लो समय बुकिङ क्यान्सिल हुन थालेको भनेर चिन्ता समेत व्यक्त गर्न थालेको छन् ।
अव मुलुकमा पर्यटकीय सिजन सुरु भएपनि कोरोनाकै कारण पर्यटकीय क्षेत्रहरु गुल्जर बन्न सकेको छैन । ठमेल होस् या पोखराको लेक साइड पर्यटकले गुल्जर हुनुपर्ने बेला सुनसान देखिएको छ । यही पर्यटन व्यवसायका प्रतिनिधिमूकल संस्थाका प्रमुखहरुसँग यसको असरबारे हाइलाइट्स टुरिजमले कुराकानी गरेको थियो । उनीहरुको भनाई यस्तो छ:
डा. धनञ्जय रेग्मी
सिइओ, नेपाल पर्यटन बोर्ड
कोरोना भाइरसको प्रभाव विश्वभर परेको छ । यससबाट जोगिने र सचेत हुनु पर्ने बेला हो यो । हाम्रोमा मात्र होइन, संसार भरी नै पर्यटकहरूको यात्रा रोकिएको छ । बुकिङहरू क्यन्सिल भएका छन् । अव यो अवस्थासँग कसरी जुध्ने भन्ने पहिलो प्रश्नको रुपमा देखा परेको छ । यसबेला निजी क्षेत्रलाई यस्ता किसिमको चुनौतीबाट कसरी बाहिर निकाल्ने भन्ने बारेमा सोच्नु पर्ने अवट्ठथा ५ ।
खुमबहादुर सुवेदी
अध्यक्ष, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)
पर्यटकहरूले धमाधाम बुकिङ रद्द गरेको समाचारमा पूर्ण सत्यता छैन । केही मात्रमा घटेको भने पक्कै हो । केही समूहले बुकिङ क्यानसिल गरेको आस्था छ तर सबैले गरेको होइन । अिहले हामीले पर्यटकलाई केही समय पर्खन अनुरोध गरिरहेका छौं । अहिले नै अत्तिइ हाल्नु पर्ने अवस्था छैन । चीनका पर्यटक आएका छैनन् । अरु देशहरुमा पनि विकल्प खोज्नु पर्ने अवस्था छ । चीनसँग हवाई कनेक्टीभिटी धेरै भेरै भएकोले अपेक्षा अनुसार नभएपनि अरु ठाउँको पर्यटकको आवगामन फरक पर्दैन । यस विषयमा विभिन्न तहमा छलफलहरु पनि भइरहेकै छ । निजी क्षेत्रबाट खेल्नु पर्ने भूमिकामा हामी कसर बाँकी राख्दैनौं ।
अच्यूत गुरागाई
अध्यक्ष, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)
कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा नराम्रो प्रभाव पारेको छ । मार्चका लागि बुकिङ गरेका मध्ये ७० प्रतिशतले भन्दा बढिले बुकिङ क्यान्सिल गरेका छन् । चीन, ताईवन, कोरिया, जपान, मलेसिया, युरोप र क्यानडा बाट क्यन्सिलेसन आएको छ । कतिपय युरोपीयनहरूले बुकिङ होल्ड गरेको अवस्था छ । यही अवस्था केही समय लम्बियोभने भ्रमण वर्षलाई प्रभाव पर्ने छ । सरकारले राखेको २० लाख पर्यटक ल्याउने लक्ष्य पुरा हुन गाह्रो हुन्छ । यो समय टुर अपरेटरहरू व्यस्त हुने बेला हो । तर खाली रहेको अवस्था छ ।
सन्तवीर लामा
अध्यक्ष, नेपाल परवतारोहण संघ
कोरोना भाइरसको असर पर्वतारोहणमा पनि परेको छ । मार्च, अप्रिल र मे महिना माउन्टेनेरिङ, हाइकिङ र ट्रेकिङको सिजन हो । यो समस्या रहिरहेको बवस्थास्थिति बिग्रँदै जानेछ । अहिले नै पर्वतारोहणको ५० प्रतिशत बुकिङ रद्द भइसकेको छ । तर असर कम हुँदै गएका त्यति ठूलो समस्या हुनेछैन । यदी समस्या अप्रिल र मेसम्मै रह्यो भने समस्या हु्नेछ ।
गंगप्रसाद नेपाल
अध्यक्ष, नेपाल एसोसिएसन र्याफ्टिङ एजेन्सी (नारा)
नेपालले पर्यटन क्षेत्रमा कोरोनाले शून्य अवस्थामा पुर्याएको छ । यही अवस्था अलि समय रहेको खण्डमा पर्यटन क्षेत्र बहेका अरू ठाउँलाई पनि असर गर्ने छ । यही असर र्याफ्टिङमा पनि परेको छ । पर्यटक नै नभए पछि हामी हेरेर बस्नु बाहेका अरू केही विकल्प छैन । यसले बिस्तारै आर्थिक क्षेत्रका असर गर्ने अवस्था छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…