पर्यटन मन्त्री र चिनियाँ राजदूतबीच भेट, कोरोना नियन्त्रणबारे छलफल
काठमाडाैं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । भेटमा कोरोनाभाइरसको सङ्क्रमणले देखिएका समस्या र यसका रोकथाम उपयाहरुको बारेमा कुराकानी भएको छ ।
मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा राजदूत यान्छीले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनले गरिरहेको काम बारे जानकारी दिएकी थिइन् ।
राजदूत यान्छीले कोरोनाभाइरसको सङ्क्रमणबाट पीडित भएका करिब ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको बताइन् । उनले चाडै नै कोरोनाभाइरसको सङ्क्रमणबाट चीन मुक्त हुने विश्वास समेत व्यक्त गरिन् ।
राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणको लागि चीनको पूरा सहयोग रहने बताइन् । चीनले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि अपनाएका सबै खालका सहयोग र सूचनाका लागि तयार रहेको बताइन् ।
भेटमा मन्त्री भट्टराईले कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले सबै तयारी गरिरहेको बताए । अन्तराष्ट्रिय विमानस्थलमा चेकिङ, अस्पतालहरुमा वेड व्यबस्थापन, आवश्यक क्वारेन्टाइनको व्यबस्था लगायतका विषयमा सरकारले गरेको तयारी बारे मन्त्री भट्टराईले जानकारी दिएका थिए ।
मन्त्री भट्टराईले सङ्क्रमण हुन नदिनसरकारले भिडभाड हुने कार्यक्रम, सार्वजनिक स्थलमा भेला नगर्न सचेत गराएको बताए ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…