पोखरा महानगरपालिका–१७ रातो पैह्रामा बन्जी नेपाल एडभेन्चर्स प्रालिले करिब आठ करोडको लगानीमा निर्माण गरिरहेको बन्जी जम्प । बन्जीकै लागि बनाइएको ३५ मिटर अग्लो टावरलाई भ्यू टावरका स्वरुप दिइँदैछ । साहसिक खेलका रुपमा मानिने बन्जी अब केही महिनाभित्र सञ्चालनमा आउने प्रालिका अध्यक्ष सन्तोष भट्टराईले बताए। तस्बिर : जमुना वर्षा शर्मा / रासस