अनअराइभल भिसा अप्रिल ३० सम्म बन्द
काठमाडौँ — सरकारले नेपालमा आउने सबै विदेशी र गैरआवासीय नेपालीसमेतलाई प्रवेश विन्दुमा दिइने अनअराइभल भिसा बन्द गरेको छ। शनिबार (भोलि) राति १२ बजेदेखि अप्रिल ३० सम्मका लागि अनअराइभल भिसा बन्द गर्ने भएको हो ।
कोरोना भाइरस संक्रमणको डर बढेसँगै नेपाल र भारतबीच आउजाउका लागि समेत निश्चित सीमा नाकामात्र सञ्चालन गरिने भएको छ । बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले व्यवस्थित भन्सारसहितका नाकाबाट मात्र स्वास्थ्य परीक्षण गरी आवागमन गराउन व्यवस्था मिलाउने निर्णय गरेको छ ।
सुरुमा कोरोना प्रभावित ५ मुलुकबाट आएका पर्यटकलाई भिसामा रोक लगाएको थियो । संक्रमित देश बढ्दै गएपछि अरू देशका लागि हामीले भिसा रोक्नुपर्ने भएको जनाइएको छ ।
नेपालले यसअघि इटाली, चीन, इरान, जापान र दक्षिण कोरिया, जर्मनी, स्पेन र फ्रान्सका पर्यटकलाई भिसा दिन छाडिसकेको छ। यसअघि नै भिसा लिइसकेका विदेशीले भने नेपालको आगमन विन्दुमा आइपुग्ने मितिदेखि सात दिन अघिसम्मको स्वास्थ्य जाँच प्रमाणपत्र पेस गर्नुपर्नेछ। अति जरुरी काम परेर नेपाल आउनुपर्ने विदेशीले पनि स्वास्थ्य जाँच प्रमाणपत्र पेस गर्नुपर्नेछ। स्थल मार्ग हुँदै तेस्रो मुलुकबाट आउनेहरूलाई पनि रोक लगाइएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयले पनि बुधबार सूचना जारी गर्दै ‘सडक मार्ग हुँदै आउने विदेशीको आवागमनलाई पर्याप्त स्वास्थ्य परीक्षण सुविधा भएका अध्यागमन जाँच चौकीसहितका नाकामा सीमित गरिने’ भनेको थियो।
कोरोना महामारीबाट बच्न भारतसँग जोडिएका खास–खास नाकाबाट मात्र व्यवस्थित रूपमा आउजाउ गर्न गृह र परराष्ट्र मन्त्रालयले समन्वय गरेर काम गरिने भएको छ । व्यवस्थित नाकामा काँकडभिट्टा, जोगबनी, रक्सौल, भैरहवा र कञ्चनपुर छन्। नेपालले यसअघि नै चीनतर्फका नाकाहरू बन्द गरिसकेको छ।
सरकारले नेपालबाट विदेशमा काम गर्न जानेलाई श्रम स्वीकृति बन्द गरिएको छ। समितिले अर्को सूचना नभएसम्म श्रम स्वीकृति दिन बन्द गरेको हो। विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई पनि अप्रिल ३० सम्म ‘नो अब्जेक्सन सर्टिफिकेट’ नदिने निर्णय भएको छ। सगरमाथासहित सम्पूर्ण हिमाल आरोहण पनि तत्कालका लागि स्थगन गर्ने निर्णय भएको छ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…