अपि नाम्पामा भेटिए साढे छ सय नाउर
दार्चुला– अपिनाम्पा संरक्षण क्षेत्रमा रहेका नाउर (भेडाजस्तै देखिने जनावर)को गणना गरिएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले संरक्षण क्षेत्रभित्र नाउरको अवस्थाबारे जानकारी लिन गणना गरेको हो । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका अनुसार संरक्षण क्षेत्रभित्र साढे छ सय बढी नाउर रहेको पाइएको छ ।
वातावरण संरक्षण तथा परामर्श केन्द्र धनगढीको प्राविधिक सहयोगमा गरिएको नाउर गणना अनुसार हालसम्म ६८६ रहेका पाइएको हो । टेलिस्कोप, बाईनाकुलर, क्यामरा, जिपिएस आदीका माध्यमबाट गरिएको गणनामा संरक्षण क्षेत्रभित्र ११७ भाले नाउर, ६१ पोथी नाउर, र ५०८ पहिचान हुन नसकेका जनाइएको छ । पहिलो पटक संरक्षण क्षेत्रभित्र नाउर गणना गरिएको प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बताए। अन्य क्षेत्रमा ठूला जनावरको गणना हुने गरेको छ । तर अपि नाम्पा संरक्षण क्षेत्रमा नमूनाका रुपमा नाउर गणना गरिएको हो ।
गतवर्ष अपिनाम्पा संरक्षण क्षेत्रअन्तर्गत व्यास गाउँपालिकाको कल्जु क्षेत्र, डेरामाथि, खर्क डेरा, कोठेरी, हुम्दुङ्दी, दुधिवन, मामाखोला, विनायक हुम्दुङ्दी, पोला, मोरे, बुदि, कुन्ती साउँ, नीतिकुण्डा, पारमलगायतका क्षेत्रमा नाउर गणना गरिएको संरक्षण क्षेत्र कार्यालयका रेन्जर भुवनेश्वर चौधरीले जानकारी दिए ।
अपिहिमाल गाउँपालिकाको लोलु, रोखापु, धरमघर र क्षत्तिका विभिन्न वनमा नाउर गणना गरिएको थियो । विसं २०६७ मा जिल्लाका साविकका २१ गाविस तथा हाल व्यास गाउँपालिका, दुहुँ गाउँपालिका, अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र महाकाली नगरपालिकाका तीन गरी ३१ वडामा अपि नाम्पा संरक्षण क्षेत्र पर्दछ ।
कूल १९०३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अपिनाम्पा संरक्षणभित्र हिउँ चितुवा, हाब्रे, दुम्सी, कस्तुरीमृग, रतुवा, घोरल, नाउर, झारल, चितुवा, बाँदर, हिमाली कालो भालु, स्याल, ब्बाँसो, लङ्गुर, थारलगायतका २५ प्रकारका स्तनधारी जनावर पाइने गरेको बताइएको छ । संरक्षण क्षेत्रले वन्यजन्तुका लागि नियमित पानीको व्यवस्थापन गर्न गत वर्ष अपिहिमालका वडा नं ३, मार्माको वडा नं १ तथा व्यास वडा नं १ र २ मा गरी पाँच पानी पोखरी निर्माण गरिएको कार्यालयले जनाएको छ । –रासस
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…