March 17, 2020

विमानस्थल अध्यागमनलाई अत्याधुनिक बनाइसक्यौं : निर्देशक पौड्याल

  • वेद गुरुङ


काठमाडौं– अध्यागमन विभागका निर्देशक ईश्वरराज पौड्यालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन अत्याधुनिक र प्रविधि मैत्री बनाइएको बताएका छन् ।

हाइलाइट्स टुरिज्मसँग कुरा गर्दै पौड्यालले अन्तराष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान क्षेत्रमा ठूलो सुधार गरेको दाबी गरेका छन् । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउने लक्ष्यमा सबैभन्दा पहिलो अन्तराष्ट्रिय विमानस्थल नै सुधार भएकाले यसमा लागिएको निर्देशक पौड्यालको भनाई छ ।

अध्यागमनको जिम्मेवारी अन्तर्गत पर्ने आगमन र प्रस्थानलाई व्यवस्थित गर्ने योजना अनुरूप १० वटा क्षेत्रमा सुधार गरिएको उनले बताए । ‘८० प्रतिशत भन्दा धेरै काम एयरपोटबाट भएको हुन्छ । केन्द्रविन्दुको रूपमा रहेको त्रिभुवन विमानस्थललाई पहिलो सुधार गर्न आवश्यक देखेर पहिलो पटक यसमा काम गरिएको छ,’ उनले भने, ‘सरकारकै लगानीमा एक वर्षको मिहनेत पछि नेपाली पोट नामको सफ्टवयर निर्माण गरेको छ । सातै प्रदेशमा आधुनिक प्रविधिको विकास लागिसकेका छौं ।’

पौड्यालले दाबी गरेका १० सुधारका काम :

  • अध्यागमनले आफ्नै पोट सफ्टवयरको प्रयोग गरिएको छ । अध्यागमन भनेको एयरपोट मात्र नभएर, स्थान मार्ग नाकाहरूका पनि प्रयोग हुने भएकोले ल्याण्डपोट, एयरपोट, रिभरपोटमा पनि प्रयोग गर्न सकिने भएकोले त्यसको नाम नेपाली पोट राखिएको हो ।
  • विमानस्थलमा बलियो डाटा सेन्टर राखिएको छ । अब सर्भर डाउनको समस्या हुँदैन । अरूको हुन सक्छ तर अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको नहुने विभागको दाबी छ ।
  • विमानस्थलमा बायोमेटिस्क उपकरणहरू फिंगर प्रिन्ट, आँखाका नानी रिड गर्ने मेसिन, आई रिस स्क्यान र फोटो क्याप्चर गर्ने क्यामरा लगायतका उपकरण राखिएका छन् ।
  • अत्याधुनिक गेटहरू, रिमोट अथवा बटन थिचे पछि मात्र पास हुने गेटहरू जडान गरिएका छन् । हाई क्यपसिटिको नेटवर्किङ गरिएको छ । २४ घण्टा इन्टरनेट र बिजुली नजाने गरी नेटवर्किङ गरिएको छ ।
  • झन्डै डेढ करोड रुपैयाँमा बेलायतबाट ल्याएर ल्याबलाई व्यवस्थित गरिएको छ । जसले नक्कली नोट र नक्कली कागज परीक्षण गर्न सक्छ । सुरक्षाको हिसाबले जरुरी रहेको त्यो राखिएको छ ।
  • हेटौडामा अर्को डाटा सेन्टर राख्ने गरी काम भइरहेको छ । कुनै कारणवश विमानस्थल अध्यागमनको डाटा कोल्याप्स भयो भने हाम्रो ब्याक अफ डाटा हेटौडामा रहन्छ ।
  • भ्रमण वर्ष २०२० सँग सहकार्य गरेर नेपाली सेनाका रिटाईड १४ जुनियर अफिसरलाई लाइन म्यानेजमेन्टमा काम गर्न लगाइएको छ । पहिला हामीसँग यस्तो कुनै व्यवस्था थिएन ।
  • डाटा लिङ्केजको ब्यवस्था गरिएको छ । अपराधीको डाटा इन्टर पोलसँग हुने, वैदेशिक रोजगारको डाटा वैदेशिक रोजगारसँग हुने, पर्यटकको डाटा पर्यटन मन्त्रालयलाई तत्काल दिन सकिने हुने, विदेश पढ्न जाने विद्यार्थीको डाटा सम्बन्धित निकायमा हुने, उद्योग विभाग सँगको कनेसन र कन्सुलर विभाग सँगको कनेक्सन हुने गरी निर्माण गरिएको छ ।
  • विदेशमा रहेका सबै दूतवासबाट यही सफ्टवयरबाट भिसा झर्ने गर्छन् । यसबाट आगमन र प्रस्थानको कन्ट्रोल गर्न सहयोग पुग्छ । यो प्रविधि सीमाका सबै अफिसमा प्रयोग गरिएको छ । पूर्वाधार त्रिभुवन एयरपोटको जस्तो नभए पनि त्यहाँ बायोमेट्रिक, अत्याधुनिक कम्प्युटर छ । फोटो क्याप्चर गर्ने सिस्टम छ । सबै अफिसहरूमा आइरिस जडान गरी कम भइरहेको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…