March 20, 2020

देशभरका ट्रेकिङ आजदेखि बन्द

काठमाडौं– कोरोना भाइरसबाट सतर्कता अपनाउन नेपालका सबै ट्रेकिङ बन्द गरिएको छ । पर्यटन बिभागले ट्राभल तथा ट्रेकिङ एजेन्सीहरुलाई सूचना जारी गरेर शुक्रबार देखि ट्रेकिङका सबै काम रोक्न निर्देशन गरेको हो ।

बिभागले शुक्रबार दिउँसो १२ बजेपछि लागू हुने गरी नेपालको पदयात्रा, भ्रमणमा आएका व्यक्तिगत तथा सामूहिक यात्रीको कार्यक्रम स्थगन गर्न निर्देशन दिएको हो । ती पर्यटकको सम्बन्धित ट्राभल तथा ट्रेकिङ व्यवसायीले सुरक्षित स्थानमा पुर्‌याउने व्यवस्था गर्न पनि बिभागले आग्रह गरेको छ ।

बाहिरबाट आएका पर्यटकलाई अनिवार्य सेल्फ क्वारेन्टाइनमा राख्न पनि बिभागले अनुरोध गरेको छ ।

 

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…