चीनतर्फका दुइ नाका खाेल्ने निर्णय
काठमाडाैं – सरकारले चीनतर्फको नाका खुलाउने भएको छ। रसुवागढी र तातोपानीबाट आयात निर्यात सुचारू गराउन नाका खुलाउने भएको हो।
उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले आयात निर्यातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयले तयार पारेको प्रोटोकल अनुसार नाका सञ्चालन गर्ने निर्णय गरेको छ।
यसअघि सरकारले आयात निर्यात बाहेकका लागि भारत र चीन दुवैतर्फका नाका बन्द गर्ने निर्णय गरेकाे थियाे ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…